४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो

हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो
अ+ अ-

मैले सधैं साथ दिएको उमेर समूह जेन–जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो हुने छैन ।

जेन जीको आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु, घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु । आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा मेरो छाती चिरिएको छ त्यो पीडा बोकेर बाँचिरहेकी छु ।

सेवा मुलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्यउने, सबैलाई संगसंगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोज्दा । म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौं ।

यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाईयो ।

मेरो जीवन तपाईंहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ ।

गीत गाएर रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देश–विदेशले मेरो स्वरमार्फत् नेपाललाई चिने । करिब १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेँ, सेवामुखी जीवन बिताउने संकल्पसहित । २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भई चार वर्षे कार्यकालभर सकेसम्म सबैको सेवा गरेँ ।

मेरो जीवन ईमान र निष्ठामा अडिएको छ । मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन, उपचार खर्चका नाममा सुविधा लिएको छैन ! आर्थिक प्रलोभनमा परेको छैन ! कसैलाई टिकट काट्न लगाएको छैन, कसैको चिया खाएको छैन । यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु ।

म नेकपा एमालेमा यस आशाले गएँ कि परिवर्तन सम्भव हुन्छ । तर के केवल कुनै दलमा आवद्ध हुनु नै भ्रष्ट हुनु हो ? नेपालको संविधान स्वयंले यसलाई अस्वीकार गर्छ ।

मेरो सम्पूर्ण पूँजी मेरो ईमान र निष्ठा हो ।

२०७९ सालको निर्वाचन जित्न सकिन, तर करिब ३० हजार नागरिकको भावना जित्न सकें । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा हो । मलाई मत दिनुभएका मात्र होइन, नदिनुभएका दाङवासीलाई पनि मैले मनमा राखेकी छु, मुटुमा राखेकी छु ।

तर आज प्रश्न गर्छु :

जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ?

– के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो ?

– ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ?

— पानीको सेवा दिईरहेका ईसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ?

यो कामले न त तुलसीपुरको हित भयो, न भविष्य उज्यालो बन्यो । अरुको पसिना रगत लुटेर कहिल्यै प्रगति हुँदैन ।

माओवादीहरूले २०६१ सालतिर पनि यसरी नै मेरो घर लुटेका थिए ! बम हानेर जलाएका थिए ! सात वर्षसम्म जग्गा कब्जा गरेका थिए । त्यसबेलादेखि मेरी आमा निरन्तर बिरामी हुनु भएको छ । त्यो पापको फल आज उनीहरूले पाए ! फेरि त्यही बाटो नयाँ पुस्ताले जेनजीको नाममा दोहोर्याएर अर्को पापको भारी बोक्यौ ।

यो नियतवश, योजनावद्ध, भीडमा पसेर गरिएको अपराध हो ! एक निस्कलङ्क, गरिखाने चेलिको रगत पसिना चुसेर गरिएको महापाप ।

जब जब मेरो गीत “तुलसीपुरमा म जाँदाखेरि“ बज्नेछ, तिम्रा लुट्ने हात काँप्नेछन् । तिमीहरू पश्चात्तापले चिरिनेछौ । यो देश बाँकी रहने छ कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ ! जवाफ दिनुपर्नेछ !

मेरो पसिना खरानी बनाएर, घर ध्वस्त पारेर, होटलमा आगो लगाएर तिमीहरूले केवल गल्ती मात्र गरेनौ– महागल्ती गर्यौ । यो पापको परिणाम तिमीहरूले भोग्ने नै छौ ।

आज म स्पष्ट भन्न चाहन्छु– मेरो निष्ठा, मेरो इमान र मेरो सेवाभावमाथि प्रश्न उठाउने जो–कोहीलाई इतिहासले धिक्कार्नेछ । मेरो सपना खरानी बनाउन सकिन्छ तर मेरो आत्मसम्मान र मेरो देशप्रतिको माया खरानी बनाउन सकिँदैन ।

धन्यवाद ।

कोमल ओली

नेकपा एमालेकी केन्द्रीय नेतृ तथा पूर्वसांसद कोमल वलीले तुलसीपुरमा सञ्चालन गर्नुभएको होटल कोमल तथा कोमल जल उद्योगमा गो लगाइएपछि सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको मनको पीडा