१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर परिवर्तनको ढोका खोल्न सफल भए: कमल थापा

युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर परिवर्तनको ढोका खोल्न सफल भए: कमल थापा
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर ऐतिहासिक परिवर्तनको ढोका खोल्न सफल भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति विगत एक दशकदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका थियौं। विभिन्न कारणले गर्दा हामी सफल हुन नसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति विगत एक दशकदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका थियौं। विभिन्न कारणले गर्दा हामी सफल हुन सकेनौँ।अहिले ‘जेन-जी’ युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर ऐतिहासिक परिवर्तनको ढोका खोल्न सफल भएका छन् ‌। युवा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद र बधाई पनि दिन चाहन्छु।
यद्यपि यो अवस्थासम्म आइपुग्न नेपाली जनताले धेरै ठूलो जनधनको क्षति व्यहोर्नु पर्‍यो।अहिले पनि आन्दोलनको दौरान सहादत प्राप्त गरेका परिवारको आँसु सुकिसकेको छैन।महत्वपूर्ण राष्ट्रिय संरचना र सम्पदाहरूमा लागेको आगो निभिसकेको छैन।परिस्थिति अझै विषम, जटिल र तरल रहेको छ। यो अवस्थामा संयम, संवाद र एकता आवश्यक पर्दछ।
भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुन्दर, सबल र समृद्ध नेपाल निर्माण गर्ने फेरि एउटा ऐतिहासिक अवसर हाम्रो सामुन्ने आएको छ। विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर सबै राजनीतिक विचार, शक्ति र संस्थाहरु अटाउन सक्ने संरचनागत आधार र वातावरण तयार गर्न सक्यौ भने मात्र युवाहरुले परिकल्पना गरेको लक्ष्य प्राप्त हुन सक्दछ ‌। प्रजातन्त्रको मूल आधारलाई छोडेर वा निषेधको राजनीतिमा अल्मलिएर पूर्वाग्रहबाट मुक्त हुन सकेनौ भने यो ऐतिहासिक अवसर पनि गुम्न सक्दछ। यो ऐतिहासिक र संवेदनशील क्षणमा विगतमा किन असफल भयौं भन्ने बारे निष्पक्ष र इमान्दार समीक्षा गर्न युवाहरूमा म आग्रह गर्दछु।
युवाहरू अनुभवहिन छन्, राज्य सञ्चालनको ज्ञान छैन भन्ने भ्रम छर्दै आफ्नो निहित स्वार्थ र दुनो सोझ्याउन चाहनेहरूबाट युवाहरू सतर्क हुनुपर्दछ। हामी सक्दैनौँ भन्ने हिनताबाट मुक्त हुन म युवाहरूमा अपिल गर्दछु।संसारको इतिहासलाई हेर्ने हो भने २५/३० वर्षका युवाहरुले नै ऐतिहासिक परिवर्तनको नेतृत्व गरेका थुप्रै उदाहरणहरू छन्। अहिले चर्चामा रहेका कुनै पनि व्यक्तिहरूबाट जेन्जी युवा पुस्ताले सोचेको परिवर्तन सम्भव छैन। युवाहरूले आवश्यक ठानेमा अनुभव र ज्ञान भएका प्रौढहरूलाई सल्लाहकारको भूमिकामा राख्नु उपयुक्त हुनेछ।
विगतमा ‘कम्बल ओडेर घिउ खाने’ प्रवृत्ति बोकेकाहरूबाट युवाहरु विशेष रूपले सतर्क हुनुपर्दछ।
यस्तो तरल अवस्थामा देशी विदेशी शक्ति र स्वार्थ समूहले फाइदा उठाउन खोजिरहेका हुन्छन्। धमिलो पानीमा माछा मार्ने प्रवृति सधैँ देखिने गरेको छ।भ्रष्ट र अपराधीहरूले कानुनको कठघरामा उभिनै पर्दछ। सरकार विहिनताको अवधि जति लम्बिँदै जान्छ त्यति नै परिस्थिति जटिल बन्दै जानेछ।
म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु-युवाहरुले नै वर्तमान अवस्थाको नेतृत्व लिनुपर्दछ। निषेधको राजनीति त्यागेर सनातन धर्म संस्कृतिको रक्षा गर्दै सबै नेपाली अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्नु पर्दछ, प्रजातन्त्रको बाटो छोड्नु हुँदैन ।