२४ असार २०८३, बुधबार
,
Latest
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर जल्दै गरेको भिडियो राख्दै गभर्नर पौडेलले भने: मसँगको रिस मेरो बुवाआमालाई किन ?



अ+ अ-

काठमाडौं । गभर्नर बिश्व पौडेलले घर जल्दै गरेको भिडियो राख्दै घर निर्माण देखी आफ्नो व्यवासायीक जिवनको यात्राका बारेमा उल्लेख गर्नुभएको छ ।

मंगलबार जेन जी समुहको आन्दोलनका क्रममा भैसेपाटीमा रहेको उहाँको निजी निबास जलेको थियो ।

उहाँले लेख्नु भएको छ-

यो चाहिँ मेरो भैसेपाटिको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकि छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौ। गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो।

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देविदेवताका मुर्ती , भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो।

अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए। बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन।त्यो दिन हामि सबै ” शरणार्थी” भयौँ।किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए।

धेरै साथिहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाई सुचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।

नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुइ पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।