काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘जेन-जी’ पुस्ताले ल्याएको आन्दोलनलाई समर्थन गर्दै अब देशलाई अन्तरिम सरकारको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् ।
शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि गरिएको प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन्।
‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।