२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ



अ+ अ-

सप्तरी। राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।

प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले २०५ कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टा भित्रै पक्राउ गरिएको जानकारी दिनुभयो ।

अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास तीव्र पारिएको उहाँले बताउनुभयो । कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर कैदीबन्दी भागेका थिए ।

प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागार भित्रका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दीले मुल ढोकाको ताल्चा फुटाएका थिए ।

कारागारमा पुरुष कैदीबन्दीका ‘ए’ र ‘बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै गरी कुल तीन ब्लकमा ३९५ कैदीबन्दी थिए । जसमा २३ महिला छन् । रासस