५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई नेतृत्वको मोह छैन: दुर्गा प्रसाइँ



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले आफूलाई भावी सरकारको नेतृत्वका लागि कुनै मोह नरहेको स्पष्ट गरेका छन् ।

प्रधान सेनापति अशोकराज सिग्देलसँग भावी सरकार निर्माणका सन्दर्भमा जंगी अड्डामा दिनभरजसो छलफलमा जुटेका प्रसाइँले काठमाडौंका मेयर बालेन शाह वा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीमध्ये जोसुकैको नेतृत्वमा बन्ने सरकालाई पूर्ण समर्थन गर्ने पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेख्दै प्रधान सेनापति सिग्देलसँगको तस्बिर समेत साझा गरेका छन् । सूत्रका अनुसार, त्यसक्रममा जेन जी का प्रतिनिधि समेत उपस्थित थिए ।

उनले लेखेका छन्ः

‘मलाई नेतृत्वको मोह छैन ।देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।

जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।

म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ।

अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज।

सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ।यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।

अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर,

देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।




भर्खरै