११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी
अ अ+ अ-

भक्तपुर। भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएपछि आक्रोशित भिडले प्रहरीलाई तितरवितर पारी ओली निवास प्रवेश गरी तोडफोड गर्नुका साथै दुईवटै घरमा आगजनी गरेका छन् । आगजनीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

त्यसैगरी पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मध्यपुरथिमि–१ लोकन्थलीस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाइदिएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एमाले नेता महेश बस्नेतको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका राधेराधेस्थित यातायात कार्यालयमा तोडफोड गरी कार्यालयको एक गाडी र कार्यालयभित्रका सम्पूर्ण सामान बाहिर निकालेर आगजनी गर्नुका साथै यातायात कार्यालयको भवनमा समेत आगजनी गरेका छन् ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रहरी परिसर भक्तपुर र आसपासका कार्यालहरू समेत तोडफोड र आगजनी गरिएको छ ।  सल्लाघारीस्थित ट्राफिक प्रहरी परिसर भक्तपुरको कार्यालय तोडफोडसहित ध्वस्त पारिएको छ भने सडकमा राखिएको प्रहरीको बिटहरूसमेत आगो लगाएका छन् ।

प्रर्दशनकारीले प्रहरी वृत्त जगातीमा तोडफोड गरी प्रहरी नायब उपरीक्षकको गाडी जलाएका छन्भने वृत्तमा आगजनी गरेका छन् । प्रहरी प्रभाग खरिपाटी तोडफोड गरेका छन् । प्रदर्शनकारी साँझ ७ः०० बजे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट प्रवेश गरी तोडफोड गरिएको छ ।रासस