४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण



अ+ अ-

सिरहा।  मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गर्नुभएको हो ।

नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।

नगरप्रमुख चौधरीले भन्नुभयो, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नाका साथै स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम गरिरहेका छौँ । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।”

नगर स्वास्थ्य शाखाप्रमुख विन्देश्वर चौधरीका अनुसार पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । रासस