१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निजामति सेवा दिवसः हाकिम होइन सेवक बन्नुस्’



अ+ अ-

काठमाडौँ । आज निजामति कर्मचारी सेवा दिवस । संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन । स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनको लापरवाही र हेलचेक्राईंका कारण आम सर्वसाधारणहरु प्रतिदिन आफ्ना समस्याहरु थाँती राख्न बाध्य छन् ।

निजामति सेवा दिवसको अवसर पारेर काठमाडौंमा न्युज एजेन्सी नेपालले सेवा लिन पुगेका केही सर्वसाधारणलाई निजामति कर्मचारीहरुबाट पाइरहेको सुविधाबारे जिज्ञासा राखेको छ । आम सर्वसाधारणहरुले नेपालको निजामती सेवामा राजनैतिक हस्तक्षेप बढी रहेको र त्यसको प्रभावका कारण समयमै काम सम्पन्न नहुने, कर्मचारीहरुले लापरवाही गर्ने गरेको गुनासो गरे । कर्मचारीमा जवाफदेहीताको कमी र गैरजिम्मेवारीपन बढी भएको सेवाग्राहीको गुनासो छ । देशलाई शुसासनतर्फ लैजान सबैभन्दा महत्वपूर्ण भुमिका देशका कर्मचारीहरुको हुने भएकाले कर्मचारीहरु सुध्रिनपर्ने आम जनताको सुझाव । केही प्रतिशत राम्रा कर्मचारीहरु भएपनि धेरै कर्मचारी नेताकोे चाकडि गर्ने र पैसाका लागि मरिमेट्ने गरेको गुनासो नागरिकहरु गर्दछन् । निजामती सेवामा उपसचिव भन्दा माथिको ओहोदाका कर्मचारी आफूलाई कर्मचारी नै होइन जस्तो ठानेर रोषपूर्ण व्यवहार गर्ने गरेको गुनासो गर्छन् । उनीहरुको नेतासँग बढी भेट हुने भएकाले कर्मचारी भन्दा राजनीतिकर्मी जस्तो लाग्ने जनताहरुको बुझाई छ ।

एक जना नागरिक भन्नुहुन्छ, ‘नेपाली जनताले निजामती कर्मचारीबाट समयमा कामको अपेक्षा गरेका हुन्छन् । कर्मचारीतन्त्र जसरी जनताको सेवामा भएर चल्नु पथ्र्याे त्यो विषयमा कमजोरी भएको जनगुनासो सुनिन्छ । निजामती सेवा आफैँमा स्वस्थ छैन । राजनैतिक हस्तक्षेपबाट पीडित छन् । केही प्रतिशत राम्रा मान्छे पनि राजनैतिक हस्तक्षेपका कारण स्वस्फुर्त काम गर्न पाएका छैनन् । कर्मचारीले नेताको चाकडि गर्ने, आफूलाई आर्थिक आर्जन गर्ने जनताको सेवा नगर्ने कर्मचारीहरु बढी भएकाले केही प्रतिशत राम्रा कर्मचारीहरु पनि त्यहीँ भित्र परेकाले देशमा शुसासन आउन नसकेको हो । जवाफदेहीताको कमि र गैरजिम्मेवरीपन रहेको । आज हुने कामलाई भोली पर्सी सारीदिने चलनले जनताले दुःख पाइरहेका छन् ।’ 

कार्मचारीतन्त्रलाई जनतामुखी बनाउँदै राजनैतिक हस्तक्षेप मुक्त गर्नुपर्ने उनीहरुको माग छ । हाकिम नभइ सेवकको रुपमा जनतासमक्ष कर्मचारीहरु उभिनुपर्ने माग सर्वसाधारणले गरेका छन् ।