९ पुष २०८२, बुधबार
,
Latest
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको होः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको भएको बताउनुभएको छ ।

निजामति सेवा दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामति सेवाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामति सेवाले त्यसअनुरुप आफूलाई समायोजन, अनुकुलन र परिष्कृत गर्नु अपरिहार्य रहेको बताउनु भयो । वाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामति कर्मचारीहरु अझ प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हाँसिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भुमिका वहन गर्नुपर्ने बताउनु भयो । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी भएको जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामति सेवाकै काँधमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामति सेवाको भुमिका अति महत्वपूर्ण रहेको छ । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामति सेवाले त्यसअनुरुप आफूलाई समायोजन, अनुकुलन र परिष्कृत गर्नु अपरिहार्य छ । सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामति कर्मचारीहरु अझ प्रतिवद्ध हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हाँसिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भुमिका वहन गर्नुपर्दछ । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी हो ।’

उपप्रधानमन्त्री सिंहले शासन व्यवस्थाको मेरुदण्डका रुपमा रहेको निजामति सेवा राष्ट्र निर्माणको अभिन्न अंग भएको जिकिर गर्नुभयो । नेपालको संविधानको मर्म र भावनालाई आत्मसाथ गरी संघीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचार शुन्य  सहनशिलताको नीतिलाई केन्द्रमा राखि नेपाल सरकार अघि बढिरहेको बताउनु भयो । आम जनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामति कर्मचारीको क्रियाशिलता थप अभिवृद्धि हुने बताउनु भयो । प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रुपमा अपेक्षा गरिएको संघीय निजामति सेवा विधेयकलाई संसदबाट यथाशक्य छिटो पारित गराइ कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।