१६ भाद्र २०८३, मंगलवार
,
Latest
अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन कार्यालय सञ्चालन



अ+ अ-

भोजपुर। ग्रामीण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ ।

नेपाल प्रहरीका पूर्वएआइजी भीम ढकालको पहलमा आइटीसम्बन्धी काम गर्ने जेनेस कार्यालय स्थापना गरिएको हो । कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र डिजिटल जागरूकतासँगै सचेतना फैलाउने उद्देश्य लिएको छ ।

चार महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको कार्यालयबाट स्थानीय युवायुवतीलाई इन्टरनेटको प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगारका अवसर, ई–कमर्स र डिजिटल बजारबारे तालिम दिइनेछ ।

हालसम्म तालिम लिएका तीन जनालाई रोजगारीसमेत प्रदान गरिएको छ । पूर्वएआइजी ढकालले आफ्नो जन्मथलोमा सूचना प्रविधिको विकास गर्दै अरुणलाई भोजपुरको ‘आइटी हब’ बनाउने लक्ष्य लिएको बताउनुभयो ।

उहाँका अनुसार यो कार्यालय अमेरिकी मुख्यालय भएको जेनेस बहुराष्ट्रिय कम्पनीको सहकार्यमा सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने आपराधिक क्रियाकलाप न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यले दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजनाका साथ कार्यालय सञ्चालन गरिएको ढकालको भनाइ छ ।

कार्यालयबाट डिजिटल साक्षरता, साइबर सुरक्षा, ई–कमर्स, अनलाइन बजार प्रवर्द्धन र दैनिक इन्टरनेटसम्बन्धी काममा आवश्यक सेवा प्रदान गरिनेछ ।

मुख्य रूपमा गाउँका युवाहरूलाई प्रविधिको सही प्रयोगमार्फत आत्मनिर्भर बनाउने अपेक्षा रहेको जनाइएको छ ।




भर्खरै