२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ३७ औं दिन जारि, लकडाउन उल्लङ्घन गर्नेहरु बढे



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस महामारी रोकथामका लागि चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको छ । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गते सम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् ।

सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ । सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । उपत्यकामा मंगलबार मात्रै प्रहरीले १५ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको थियो । बुधबार पनि सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ ।

अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् । सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।