६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव

नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव
अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ ।

नेपालका साविकका ७५ वटै जिल्ला चिनाउने गरि ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य बजेट अभावले प्रभावित बनेको छ । जगतगुरु मोहनशरण देवाचार्यको पहलमा भम्केनी धाम विकास समितिले निर्माण गरिरहेको मूर्तिका लागि बजेट अभाव भएको समितिले जनाएको छ ।

धाम विकास समितिका अध्यक्ष पुरन खत्रीले बजेट अभावका कारण मूर्ति निर्माण कार्य अबरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार निर्माणाधिन मूर्तिको हालसम्म कमल आशन र खुट्टासम्मको भाग तयार गरिएको छ भने छातिसम्मको खाँचा तयारी गरिएको छ । त्यसका लागि आवश्वक धातु अभाव छ ।

“मूर्तिको निर्माणका लागि मैन र माटोको छातिसम्मको खाँचा तयार भइसकेको छ, त्यसका लागि आवश्यक धातु छैन”, अध्यक्ष खत्रीले भन्नुभयो, “धातु पलाग्न काठमाडौँबाट शिल्पकार मगाउनु पर्छ, हामीसँग थोरै मात्रै धातु भएकाले अहिले पगाल्दा खर्च बढी लाग्छ ।” खाँचाका लागि आवश्यक धातु नहुँदा गर्मीका कारण मैन पग्लने सम्भावना भएकाले रु २०–२५ लाखसम्म नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

विसं २०७४ बाट सुरु भएको मूर्ति निर्माण कार्य पाँच वर्षमा भित्रमा सक्ने लक्ष्य लिइएको भए पनि कोरोना संक्रमणले एक वर्ष थपेर २०८० सम्म सक्ने लक्ष्य लिइएको थियो । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता भएको छ । मूर्ति निर्माणका लागि २५ देखि ३० टनसम्म अष्टधातु आवश्यक पर्ने अनुमान गरिए पनि कमल आशनमा मात्रै १० टन बढी धातु प्रयोग भएको र त्यसको मात्रामा थप बढ्ने देखिएको छ ।

मूर्ति निर्माणका लागि स्रोत जुटाउन जगतगुरु मोहनशरण देवाचार्य देश दौडाहामा निस्किनुभएको छ । देवाचार्यले स्थानीय र प्रदेश सरकारबाट प्रतिबद्धता अनुरुप बजेट प्राप्त नभएको बताउनुभयो । उहाँले सरकारबाट आवश्यक सहयोग प्राप्त नभएकाले स्वेदेशी तथा विदेशी दाताबाट सहयोग सङ्कलनका लागि पुनः देश दौडाहामा निस्किन लागेको बताउनुभयो ।

उहाँले यसअघि पनि मूर्ति निर्माणका लागि (२०७२ वैशाखदेखि २०७४ माघसम्म) नेपाललाई दाहिने पारेर परिक्रमा गरि २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन गर्नुभएको थियो । “अब स्वेदेशी तथा विदेशी भक्तजनहरुसँग सहयोग माग्छु”, उहाँले भन्नुभयो, “पूर्व माननीय, मन्त्री ज्यू, स्थानीय सरकारबाट सहयोग आएको थियो, अहिले प्रदेश सरकारलाई रु तीन करोड बजेट माग गरेका थियौँ, प्रतिबद्धता गरे पनि बजेट आएन् ।”

साथै उहाँले मूर्ति निर्माणका लागि दाताहरुसँग सहयोगका लागि अपिलसमेत गर्नुभएको छ । मूर्ति निर्माण कार्य राष्ट्रलाई जोड्ने अभियान भएको पनि उहाँले बताउनुभयो । नेपाल आमाको मूर्ति हेर्न नेपालभरिका मान्छे आउने र यसले धार्मिक पर्यटनको विकास गर्ने उहाँको विश्वास छ ।

मूर्ति निर्माणमा हालसम्म रु दुई करोड ७५ लाख बढी खर्च भइसकेको र रु एक करोड ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको धाम विकास समितिले जनाएको छ । भम्केनी धामलाई महाकाली तटको शारदापीठ पवित्र धार्मिकस्थलका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ ।