१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

बैंगलोर भागदौड आरसीबीको इतिहासकै सबैभन्दा दु:खद दिनः विराट कोहली

बैंगलोर भागदौड आरसीबीको इतिहासकै सबैभन्दा दु:खद दिनः विराट कोहली
अ अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बैंगलोरका स्टार खेलाडी विराट कोहलीले गत जुन ४ मा बैंलोरको चिन्नास्वामी रंगशालाबाहिर विजय र्यालीका क्रममा भएको भागदौडलाई फ्रेन्चाइजको इतिहासकै सबैभन्दा दुःखद दिन बताएका छन् ।

उक्त दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने कैयौं प्रशंसक घाइते भएका थिए । घटना त्यसबेला भएको थियो, जब आरसीबीले आफ्नो पहिलो आईपीएल उपाधि जितेको अवसरमा विजय समारोह आयोजना गरेको थियो ।

आरसीबीको आधिकारिक सामाजिक सञ्जालमा कोहलीका भनाइ उद्धृत गर्दै भनिएको छ– “जीवनमा केही पनि तपाईंलाई ४ जुन जस्तो हृदयविदारक क्षणका लागि तयार पार्दैन । यो हाम्रो फ्रेन्चाइजको इतिहासमा सबैभन्दा खुसीको क्षण हुनुपर्ने थियो, तर एउटा त्रासदीमा बदलियो ।”

कोहलीले अगाडि भनेका छन्– “आफ्ना प्रियजन गुमाएका परिवारका लागि म प्रार्थना गर्दछु । घाइते भएका प्रशंसकहरूलाई समेत मेरो संवेदना छ । उनीहरूको हानि अब हाम्रो कथाको हिस्सा बनेको छ । हामी सावधानी, सम्मान र जिम्मेवारीसहित अघि बढ्नेछौं ।”

४ जुनमा के भएको थियो ?
बैंगलोरको एम. चिन्नास्वामी रंगशालामा आरसीबीको पहिलो आईपीएल जितको खुशीमा करिब २.५ लाख प्रशंसक भेला भएका थिए । आरसीबीले सामाजिक सञ्जालमार्फत प्रशंसकलाई निम्तो दिएकाले विशाल भीड जम्मा भएको थियो । तर पर्याप्त सुरक्षा तथा व्यवस्थापन नभएकाले भीड नियन्त्रण बाहिर गयो र भागदौडको रूप लियो ।

कर्नाटक सरकारको प्रतिवेदन

१७ जुलाईमा सार्वजनिक भएको कर्नाटक सरकारको प्रतिवेदनमा यस घटनाको जिम्मेवारी आरसीबीमाथि थोपरेको थियो । प्रतिवेदनमा विराट कोहलीसम्मको उल्लेख गरिएको थियो । त्यहाँ भनिएको थियो कि आरसीबीले चिन्नास्वामी रंगशालामा आयोजना गरिएको विजय र्यालीका लागि आवश्यक अनुमति नै लिएको थिएन ।

प्रतिवेदनमा यो पनि उल्लेख गरिएको थियो कि अन्तिम समयमा कार्यक्रम रद्द गर्दा हिंसा भड्किन सक्ने र शहरमा कानून–व्यवस्था बिग्रन सक्ने सम्भावना थियो ।

सबै मृतक ३५ वर्ष मुनि, ३ किशोरसमेत
भागदौडमा ज्यान गुमाउने सबै ३५ वर्षभन्दा कम उमेरका थिए । सबैभन्दा कम उमेरकी पीडित १३ वर्षीया दिव्यांशी थिइन् । मृतकमध्ये तीन किशोर र २० देखि ३० वर्ष उमेर समूहका छ जना थिए ।

यी सबै प्रशंसक साथीभाइसँगै आरसीबीको जितको खुशी मनाउन आएका थिए । तर भीड र अव्यवस्थाका कारण खुसी दुःखद दुर्घटनामा परिणत भयो । यस घटनामा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

पीडित परिवारलाई क्षतिपूर्ति
आरसीबीले मृतकका परिवारलाई २५–२५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै, भागदौडमा ज्यान गुमाएका प्रशंसकको सम्झनामा स्मारक (मेमोरियल) निर्माण गर्ने निर्णय पनि गरिएको छ ।