२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस्ः विनोद चौधरी



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उहाँले त्यसको निर्णय लिन सरकारलाई सचेत गराउनुभएको हो ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले मलको कृतिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद चौधरीले उखु किसानलाई उचित अनुदान दिने व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जतिखेर उखुको मूल्य समयमा नै तोकिदैन थियो । त्यसका लागि विभिन्न सडकदेखि सदनसम्म र मन्त्रालयसम्म संघर्ष गर्दै, प्रयास गर्दै समयमा नै मूल्य तोकिने कुरामा पनि ठूलो भूमिका खेले भन्ने मेरो मान्यता हो । त्यो बाहेक प्रति क्वीन्टल ७० रुपैयाँ गत सरकारको बेलामा थप सपसिटी दिने व्यवस्थाको सुरुवात पनि हामीले त्यही बेलाबाट गराएका हौं । तबदेखि केही हदसम्म भएपनि किसानले राहत पाएका थिए । एउटा कुरा के बुझ्न जरुरी छ भने खासगरी मेरो क्षेत्रको कुरा गर्नु भयो । यो केराको हकमा ४ दोब्बर मल लाग्छ । नेपालको मल वितरण गर्ने प्रणाली र यो कुन ठाउँमा कति दिनुपर्ने हो भन्ने कुरा त्यहाँको उत्पादन, त्यहाँको खेती, त्यहाँको किसानको स्थितिलाई हेरेर त्यसको निक्र्यौल गर्नुपर्ने हो । र, त्यसको व्यवस्थित खाका सार्नुपर्ने हो । त्यो भएको छैन । त्यो कनिका छराइको हिसावले केही ठाउँमा मल प्रयोगमा नआएर कुहिएर बसेको अवस्था छ भने हाम्रो जस्तो क्षेत्रमा किसान जहिले पनि मलको लागि तडपिराखेका छन । म कृषिमन्त्रीजीलाई फेरी पनि भन्न चाहन्छु–सबभन्दा पहिला वितरण प्रणालीलाई व्यवस्थित गर्नु प¥यो । दुई ७ लाख न्युनतम मलको माग भएकोमा ४ लाख भन्दा बढि मलको जोहो गर्न सक्दैनौं । त्यो भनेको सर्टेज हुनु स्वभाविकै हो । अर्को मलको कारोबार गर्ने विचौलियाहरुले कृतिम अभाव सृजना गर्ने श्रृंखला कहिल्यै पनि सकिएन । त्यसलाई सिध्याउनु प¥यो । चौंथो सबभन्दा महत्वपूर्ण कुरा यसको कारखाना खोल्ने क्रममा अहिलेको वर्तमान सरकारले सम्माननीय प्रधानमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्रीले लिएको तदारुपकताबारे मैले छापामा पनि पढेको छु । त्यसको अन्तिम निर्णय तत्काल सरकारले गरोस । नेपालमा यो कारखाना खुल्न सक्छ । बर्दघाटमा नै यो कारखाना खुल्नु पर्छ ।’

सांसद चौंधरीले मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुने समेत बताउनु भयो ।