१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

प्रतिनिधिसभा बैठकः बढी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याउन माग

प्रतिनिधिसभा बैठकः बढी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याउन माग
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले चाडपर्व निजिकिएसँगै यातायत सहज रुपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

दशैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरुको चापको मध्यनजर गर्दै सिटभन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरुले गर्नुभएको हो ।

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिएसँगै यात्रुहरुलाई सहज रुपमा यात्राको व्यवस्था मिलाउन ध्यानकार्षण गराउनुभयो । उहाँले बस व्यवसायीहरुले तोकिएको भाडाभन्दा बढी असुल्ने, यात्रुहरुलाई धम्की दिनेजस्ता सास्ती यात्रुहरुले भोग्नुपरेको बताउनुभयो ।

सांसद शान्ति चौधरीले दशैँमा घर फर्किनका लागि अग्रिम टिकट बुकिङमा पनि यात्रुहरु ठगिनुपरेको भन्दै महँगो भाडा लिने, सिटभन्दा बढी यात्रु राख्ने गरिएको बताउनुभयो । उहाँले बर्सातको बेलामा बाटो बिग्रेकाले यथाशीघ्र निर्माण कार्यमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद सीता गुरुङले नजिकिँदो चाडपर्वमा दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडामा कृत्रिम अभाव सिर्जना गराउने सम्भावना भएकाले अनुगमन गर्न प्रभावकारी टिम बनाउन माग गर्नुभयो । उहाँले बिग्रेका बाटाको निर्माणमा प्राथमिकता दिन, चाडपर्वका बेला सडक र हवाई यातायातमा सहज टिकटको व्यवस्था र मनपरि भाडा असुल्नेलाई कडा अनुगमन गर्न माग गर्नुभयो ।

सांसद विनिताकुमारी सिंहले धेरै जिल्लामा लम्पी स्किन रोगले समयमा उपचारको अभावले हजाराँै चौपायाको मृत्यु भएको भन्दै रोकथाममा ध्यान दिन आग्रह गर्नुभयो । साथै उहाँले उखु किसानको समस्या सम्बोधन गर्न माग गर्नुभयो ।

सांसद विनोदकुमार चौधरीले पनि लामो समयदेखि उखु किसानहरु आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश हुँदै आउनुपरेको त्यसमाथि रासायनिक मलको अभावले पनि पीडित भएको जनाउँदै यसको समस्या समाधान हुुनुपर्ने बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले पनि उखु किसानको पैसा तुरुन्त भुक्तानी गर्न आग्रह गर्नुभयो । सांसद सरिता भुसालले पनि उखु किसानको अनुदान नरोक्न र बाँकी रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

सांसद श्यामकुमार घिमिरेले पनि उखु तथा दूध किसानको समस्या बेलैमा सम्बोधन गर्न माग गर्नुभयो । उहाँले दशैँ आएसँगै देशभरको बाटो बर्सातका कारण बिग्रिएकाले निर्माण गरी यातायात सहज गराउनुपर्छ भन्नुभयो ।
सांसद शक्तिबहादुर बस्नेतले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै सेवाग्राहीको चाप बढेकाले जाजरकोट जिल्लामा सेवा प्रवाहलाई छिटोछरितो बनाउन वितरण स्टेशन थप र घुम्ती सेवा सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद सरस्वती बजिमयले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षरमै लेख्न र तिनुपर्ने राजस्वलाई घटाउन आग्रह गर्नुभयो । सुहाङ्ग नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जोड्ने निर्णय जनतालाई थप सास्ती दिने निर्णय भएको बताउँदै यो निर्णय स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधिलाई सुनिश्चित गरी मात्र चरणबद्ध रुपमा अघि बढाउनुपर्ने माग गर्नुभयो ।

सांसद सराज अहमत फारुकीले स्वास्थ्य क्षेत्रमा लगानी र सुधारको आवश्यकता देखिएको बताउनुभयो । उहाँले नेपालका सरकारी अस्पतालमा जनशक्ति लगानी, बेड र उपकरणमा बजेटको वृद्धिको आवश्यकता देखिएको बताउनुभयो ।

सांसद सीताकुमारी रानाले छाउपडी प्रथाका कारण अनाहकमा महिलाहरुले ज्यान गुमाउनुपरेको भन्दै अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । सांसद सीता मिजारले संवैधानिक अङ्ग र सार्वजनिक निकायमा पदाधिकारी नियुक्तिका क्रममा समानुपातिक समावेशीको सिद्धान्तमा राज्यले यो नीति अवलम्बन नगरेको र त्यसमा महिला र दलितको प्रतिनिधित्व विभेदकारी देखिएको बताउनुभयो ।

सांसद सुशीला सिर्पाली ठकुरीले राष्ट्रिय दलित आयोगले सिफारिस गरेको थर सूचीकरणमा सरकारले ध्यान नदिएकाले नागरिकता प्रमाणपत्र, छात्रवृत्तिजस्ता आधारभूत सेवाबाट वञ्चित हुुनुपरेको बताउनुभयो ।

सांसद हर्कमाया विश्वकर्माले पूर्वी नेपालको झापा, मोरङ, सुनसरीलगायमा नगदे बालीका रुपमा सुपारीखेतीको राम्रो कारोबार हुने भएकाले उत्पादित सुपारीको मूल्य सरकारले निर्धारण गर्नुपर्ने माग गर्नुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ नागरिकहरुलाई बोझको रुपमा नभई सम्मानको पात्रको रुपमा लिनुपर्ने जनाउँदै उहाँहरुलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक प्रदान गर्नुपर्ने माग गर्नुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठ र सांसद सूर्यबहादुर थापा क्षेत्रीले चीन र भारतबीच नेपालको लिपुलेक पासलाई व्यापारिक मार्ग बनाउने सम्झौताविरुद्ध आपत्ति प्रकट गरेकोमा प्रम ओलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँहरुले यसबारे थप कूटनीतिक पहल गरी यस विवादलाई सुल्झाउनुपर्ने माग गर्नुभयो ।

सांसदहरु सूर्यमान तामाङ दोङ, सञ्जयकुमार गौतम, ज्ञानु बस्नेत सुवेदी, हितराज पाण्डे, हितबहादुर तामाङ, सुशीला थिङ, सरस्वती सुब्बा, सूर्यप्रसाद ढकाल, हसिना खान, हेमराज राईले शून्य समयमा विभिन्न समसामयिक विषयहरुमा आफ्ना धारणाहरु उठान गर्नुभयो ।