५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी स्याउ आयातमा २ महिना प्रतिवन्ध लगाउन पनि उहाँको माग छ । उहाँले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गर्नुभयो ।

उहाँले सबै सांसद एवं संसद सचिवालयका कर्मचारीहरुलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गर्नुभयो । सांसद शाहीले स्याउ विक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हेरानी गर्ने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरुले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारिकरण गर्न गाह्रो पारेको छ । अघिल्लो महिनामात्रै डेढ अर्ब स्याउ आयात भएको छ । त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनुहोला । सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ ।’

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उहाँको जोड छ ।