१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी : किम र पुटिनको उपस्थितिमा शक्ति प्रदर्शन-फोटो फिचर



अ+ अ-

बेइजिङ । चीनले दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा आज विशाल सैन्य परेड आयोजना गरेको छ ।

राजधानी बेइजिङमा जारी सैन्य परेडमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।

इतिहासकै सबैभन्दा ठूलो यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरूलाई बोलाएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी छन् ।

यो कार्यक्रममा चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गरेको हो ।

चीनले यस्तो विजय दिवसको अवसरमा सैन्य परेडको आयोजना गरेको यो दोस्रो पटक हो । यसअघि, १० वर्ष पहिले सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरिएको थियो ।

यो परेडमार्फत चीनले सैन्य शक्तिको भव्य प्रदर्शन गरेको छ । जसमा उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, र फाइटर जेटहरू प्रदर्शनमा राखिएका छन् ।

परेडमा जनमुक्ति सेना (पीएलए) का सयौँ विमान प्रदर्शन गरिएको छ ।

परेडमा ८० बिगुलरहरू उपस्थित छन् । जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानको पराजय भएको ८० वर्षको सङ्केत गर्छ । यसका अतिरिक्त, १ हजार भन्दा बढी सङ्गीतकार १४ लहरमा उपस्थित भएका छन् । जसले सन् सन् १९३१ मा जापानको मन्चुरिया आक्रमणपछि चीनको प्रतिरोधको प्रत्येक वर्षलाई प्रतिनिधित्व गर्नेछ ।

तियानमेन स्क्वायरमा उपस्थित दर्शकहरूलाई हरियो, रातो र सुनौलो रङका कुर्सीहरूमा बसाइएको छ, जसले क्रमश: उर्वर भूमि, जनताको बलिदान र शान्तिको प्रतीक गर्दछ ।

‘विजय दिवस’ परेडमा ४५ सैनिक टुकडी सहभागी छन् । जहाँ उनीहरू बेइजिङको तियानमेन स्क्वायरमा सीको अगाडि मार्च पास गर्नेछन् ।

फोटो -रासस र सिन्ह्वा