४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

सरकारले अख्तियारसम्बन्धि विधेयक अघि बढाउन चाहेनः काँग्रेस

सरकारले अख्तियारसम्बन्धि विधेयक अघि बढाउन चाहेनः काँग्रेस
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धि विधेयक अघि बढाउन नचाहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकाका महामन्त्री एवं सांसद गगनकुमार थापा र सांसद दिलेन्द्रप्रसाद बडूले सो विधेयक अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रीहरुलाई तत्काल दबाब दिन पनि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई सुझाव दिनुभयो । उहाँले सो विधेयकको क्षेत्राधिकारको विषय अदालतको विषय भएपनि त्यसमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो विधेयक यत्तिकै ररिरहन सक्दैन । त्यसैले हामी उपसमितिबाट रिपोर्ट ल्याउँछौ । छलफल गर्छौं । समितिले एउटा प्रतिवेदन बनाउँछ । त्यो पार्लियामेन्टमा जान्छ । सरकारलाई पार्लियामेन्टमा गएर पनि त्यो प्रतिवेदन चित्त बुझेन भने त्यहाँबाट फिर्ता लिएर जान सक्छ । मन परेन सरकारले फिर्ता लिएर जान सक्छ । यस्तो कुरा थुप्रै पटक भएको पनि छ । अर्को सर्वाेत्तम कुरा कहाँबाट हो भने सभापतिजीले बुझ्नुपर्ने कुरा के हो भने उपसमितिले प्रतिवेदन तयार पारेर लिएर आयो । त्यो प्रतिवेदन हामी छलफल  गर्छाै । सरकारको यसबारे कुनै स्पेसिफिक मत छन भने ल्याएर राखोस न ।

हामी सुन्छौ नि । त्यो हामीले सामूहिक विवेक प्रयोग गछौं । सरकार पनि आफ्ना कुराहरु होलान । मलाई लागेको कुरा पतञ्जलीको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोजन गरेर त्यो सम्माननित अदातलमा गईसकेपछि अख्तियारको क्षेत्राधिकारको बारेमा अदालतले केही कुरा बोल्छ । त्यसकारण यसलाई धेरै पक्षविपक्षमा नलैजाउ । यी विषयहरु खलामनले अलि उदार भएर छलफल चलाउनुपर्ने आवश्यक्ता देख्छु । यसका निम्ति माननीय सभापतिजीले प्रधानमन्त्री र अरुमन्त्रीहरुलाई पनि यो ठिक छ हेरौला भन्ने सुविधा छैन । समितिले बैठक राख्दासम्म सरकार प्रष्टहोस भनेर भनिदिनु पर्छ । म बैठक यतिसम्म राख्छु भनेर प्रष्ट रुपमा सरकारलाई सभापतिजीले भनिदिनु पर्छ । यसलाई यतिकै राख्न म सक्दिन भनेर शुरुमै समितिका सभापतिजीले भनिदिनु पर्छ ।’

त्यसैगरी सांसद बडूले सरकारले सो विधेयक अघि नबढाएको आक्रोश व्यक्त गर्नुभयो । उहाँले सो विधेयकलाई अघि बढाउनका लागि समितिका सभापति न्यौपानेलाई विशेष पहल गर्न पनि सचेत गराउनु भयो । सांसद बडूले सो विधेयक सरकारले नचाहेको कारण समितिमा अघि नबढन नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयक पारित हुन बाँकि भनेका छौं । यद्यपि यो उपसमितिमा सर्वसम्मत रुपमा पारित भईसकेको हुनाले अव यो धेरै छलफल होला जस्तो त लाग्दैन । तर पनि यो छलफलमा नल्याई रोकिएको अवस्था हो । यस्तो गर्नु हुनै हालतमा पनि ठिक हुँदैन । र, यसलाई यथासम्भव छिटो छलफलमा ल्याउनु पर्छ । यो फेरी छलफलमा ल्याउने दायित्व सरकार कै हो । सरकारले यसलाई अघि नबढाएर हाउसमा नपु¥याउने र समितिमा नै राखिराख्ने मनसाय देखियो । यो ठिक भएन । र, हामीले यो विषयमा रिक्वेष्ट गर्नु पर्दछ । यो कुरा म सभापतिजीलाई विशेष रुपमा पहल गर्न आग्रह गर्दछु । यसलाई छिटो पार लगाउनु पर्दछ हामीले । यसलाई रोकेर राख्नु कदापि ठिक हुँदैन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सो विधेयक समितिमा अघि बढाउन सभापति न्यौपानेलाई दबाब दिनुभयो । उहाँले विगतमा पनि समितिका निःवर्तमान सभापति रामहरि खतिवडाले सो विधेयक अघि बढाउन नदिएको गुनासो गर्नुभयो । प्रमुख सचेतक पाण्डेले २०७६ सालमा संसदमा दर्ता भएको सो विधेयक अझै पारित नहुनु लाजमर्दो विषय भएको उल्लेख गर्दै सो विधेयकलाई समितिले आफ्नो अधिकारलाई प्रयोग गरेर अघि बढाउनुपर्ने र त्यसले सरकारलाई पनि दवाव पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो अख्तियार सम्बन्धि विधेयकबारे मैले यसमा माननीय निवर्तमान सभापति रामहरी खतिवडाको भूमिकाप्रति नै समिक्षा गर्न चाहन्छु । यो विषयमा सबै माननीयहरुले बैठकमा बारम्बार कुरा उठाउँदा उठाउँदै पनि छलफलमा ल्याउन भएन । यसकारण यो छलफलमा नै ल्याउनका लागि सरकार तयार भएको छैन । सरकार त तयार हँुदो रहेनछ । तर सरकार तयार नभएपनि हाम्रो राइट पनि यो त अघि बढाउने । त्यसकारण यसका बारेमा मेरो निवर्तमान सभापतिसँग पनि छलफलमा नल्याएकोमा गुनासो छ । छलफलको एजेण्डामा नै नल्याउने हामीले कराउँदा कराउँदै पनि । यसलाई नया सभापतिले छिटो ल्याउनु पर्छ । २०७६ सालमा दर्ता भएको विधेयक अहिलेसम्म पारित हुन नसक्नु लाजमर्दो विषय हो ।’

यता जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समितिले प्रहरी ऐनलगायतका अति आवश्यक ऐन निर्माणमा लागि सक्दो पहल गर्नुपर्ने पनि बताउनु भयो ।

सांसद राईले भन्नुभयो, ‘सविधान कार्यान्वयन गर्न आवश्यक कानुननै बनेको छैन । एउटा निजायती सेवा ऐन आएको छ । त्यो पनि विवादमा छ । तर आउँला । संघीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरी ऐन हो । हामीले सक्रियताका साथ काम गर्नुपर्ने र संघीयता सम्बन्धि विधेयक छिटो पास गर्नुपर्ने हुन्छ ।’

बैठकमा समितिका अन्य सदस्यहरुले संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानून निर्माण हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।