४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

दशरथ रंगशालामा फुटबल फर्किदा उत्साहित छौं– नेपाली खेलाडी

दशरथ रंगशालामा फुटबल फर्किदा उत्साहित छौं– नेपाली खेलाडी
अ+ अ-

काठमाडौँ । करिव दुई वर्षपछि दशरथ रंगशालामा सिनियर राष्ट्रिय पुरुषको अन्तर्राष्ट्रिय फुटबल फर्किदा नेपाली टोली उत्साहित छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल आगामी सेप्टेम्बर ६ र ९ तारिखमा हुनेछन् । २०८० साल मंसिर १ पछि नेपालको सिनियर पुरुष टोलीले यो मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । रंगशाला असुरक्षित भएको भन्दै यस मैदानमा फिफाका अधिकारिक प्रतियोगिताहरू हुन सकेको छैन । एएफसीले खेल्न अनुमति नदिँदा नेपाली समर्थकले घरेलु मैदानमा सिनियर राष्ट्रिय पुरुष टोली हेर्न नपाएको झन्डै दुई वर्ष बितिसकेको छ । तर, लामो समयपछि यो मैदानमा फेरि समर्थकहरू उत्साहित हुन पाउँदैछन् ।

नेपाली टोलीका खेलाडीहरू पनि दशरथ रंगशालामा घरेलु समर्थकका माझ खेल्न पाउँदा झन् उत्साहित छन् । नेपाली टोलीका स्टार अञ्जन बिष्टले फिट नहुँदा आफूले पनि खेल्ने नपाएको र त्यसमा पनि दशरथ रंगशालामा लामो समयपछि खेल्न पाउँदा धेरै उत्साहित रहेको बताए । आफ्नो उत्कृष्ट दिने लक्ष्यसहित प्रशिक्षण गरिरहेको पनि उल्लेख गर्दै अञ्जनले गोल नगरेको धेरै समय भएको र अबको मैत्रीपूर्ण नै सही समय रहेको बताए । नेपालमा नियमित फुटबल नहुँदा फुटबलरलाई समस्या भैरहेको र राष्ट्रिय टोलीमा पनि समस्या भएको उनले गुनासो गरे । यसले गर्दा नै फुटबलरहरू पलायन भइरहेको उनी बताउँछन् ।

राष्ट्रिय टोलीमा आएका नयाँ खेलाडीले पनि आफ्नो उत्कृष्ट दिएको र त्यसमा प्रशिक्षक म्याट रसले पनि धेरै मेहनत गरेको उल्लेख गरेका छन् । विराज महर्जनको बिदाइ गर्दा नेपाली टोलीले सुखद नतिजा ल्याएको स्मरण गर्दै अञ्जनले अर्का फुटबलर भरत खवासको अन्तिम अन्तर्राष्ट्रिय फुटबललाई पनि यादगार बनाउने बताएका छन् ।

यो मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली बुधवार नेपाल आउनेछन् । बंगलादेशको टोलीबाट इङ्लिस फुटबलका स्टार हेम्जा चौधरी पनि आउने चर्चा भइरहेको छ । नेपाली समर्थक पनि उनको प्रतिक्षामा छन् । नेपाली टोलीमा पहिलोपल्ट स्थान बनाएका आदित्य शाक्यले पनि दशरथ रंगशालामा फुटबल खेल्न पाउँदा धेरै उत्साहित रहेको बताएका छन् । समर्थकको आशाअनुरूप धेरै मेहनत गरेर छुट्टै जोश र जाँगरका साथ खेल्ने उनी बताउँछन् । आफ्ना बुबा र काका फुटबल नै खेलिरहेकाले आफू राष्ट्रिय टोलीमा पर्दा उहाँ धेरै खुशी भएको उनले स्मरण गरे । सिनियर खेलाडीबाट आपूmले धेरै हौसला पाएकाले पनि आत्मविश्वास बढेको उनी बताउँछन् । राष्ट्रिय टोलीमा परेपछि सबैथोक पाए भन्न नसोच्ने अझ मेहनत गरेर अगाडि बढ्ने उनको लक्ष्य छ ।

यो मैत्रीपूर्ण खेलका लागि एन्फाले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ । नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका छन् । गत मार्चमा फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध खेलबाट डेब्यू गरेका थिए । त्यसयता उनी टोलीबाट बाहिर थिए । नेपाली टोलीको अन्य सदस्यमा रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बू, अञ्जन विष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रणदीप पौडेल, रोहन कार्की, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ छन् ।
दुई मैत्रीपूर्ण फ्लड लाइटमा साँझ ५ः३० बजे सञ्चालन हुनेछन् । दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ । यद्यपि अनलाइन विक्रीका लागि टेन्डर खुलाइने एन्फाले उल्लेख गरेको छ । भिआइपीमा एक हजार र सामान्य पारापिटमा पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको एन्फाले उल्लेख गरेको छ ।