२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा गएको भूकम्पमा ८ सय बढीको मृत्यु



(250901) — KUNAR, Sept. 1, 2025 (Xinhua) — This photo taken on Sept. 1, 2025 shows a view of the earthquake-hit area in Nurgal district of Kunar province, Afghanistan. At least 812 people have been confirmed dead and 2,817 others injured in a 6.0-magnitude earthquake that struck eastern Afghanistan, Zabihullah Mujahid, spokesman for the Afghan interim government, said on Monday. (Photo by Qazafi/Xinhua)
अ+ अ-

एजेन्सी । पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

२ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनु भयो । मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताउनु भयो । जसमा ८ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । २ हजार ५ सय जना घाइते भएका छन् ।

छिमेकी नान्गारहार प्रान्तमा १२ जनाको मृत्यु भएको छ । २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् । नुरिस्तान प्रान्तमा ४ जना घाइते भएका छन् । मृतकको संख्या प्रारम्भिक अनुमान हो । मूल्याङ्कन अगाडि बढ्दै जाँदा बढ्ने सम्भावना रहेको अधिकारीले बताएका छन् ।

आईतवार स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । जसको केन्द्रबिन्दु नान्गारहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो ।