२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा वडामा चुनाव जिताउन नसक्नेहरु पनि नेता भएः प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताउनुभएको छ ।

सोमवार काठमाडौमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले पार्टीका केही पदाधिकारीहरुले कुरा ठूलाठूला गर्ने गरेको भएपनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गर्नुभएको हो ।

उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको पनि औल्याउनु भयो । पार्टीका कतिपय पदाधिकारी, केन्द्रिय सदस्यहरुले कुरा ठूला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उहाँको निष्कर्ष थियो । उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरुले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो समस्या के हो भने–हामी हाम्रा धेरै कमरेडहरु, कार्यकर्ताहरु अलिकति धागो चुँडिएको चंगा जस्तो माथिमाथि मात्रै, तल जनाधार छैन । गएको २०७९ सालको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौं–म नै जिताउुँछु मेरो वडा । देशमा ६ हजार ७४३ वडा छन् । हाम्रो कम्तिमा पनि ८० प्रतिशत भन्दा बढी वडामा बलियो जनाधार छ । हाम्रो संगठन छ । वडा कमिटीहरु छन । प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दीग्विजयनै हासिल गथ्र्यौं त हामीले । तर हामी कतिपय केन्द्रिय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरु हुँला–जसले आफ्नो वडा समेत जिताउन सक्दैनन् । कुरा चाहीँ ठूल्ठूला गर्दछन् । त्यसले गर्दा जनतासँग जोडिने कुरा ज्यादै महत्वपूर्ण कुरा रहेछ ।’

उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसावले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताउनु भयो ।