२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ ।नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले नरोकेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रिकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताउनु भयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन सदस्यता नविकरण गर्न पहल गरेसँगै नेकपा एमालेले उहाँको सदस्यता नविकरण हुन नसक्ने निर्णय गरेको छ ।

राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ । तर कतिपय एमालेकै नेताहरु भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नविकरण हुनुपर्ने माग गर्दै आएका छन् । पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय नेताको रुपमा आफूलाई प्रचार गर्दै आउनुभएको छ । सोही बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताउनु भयो । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आउने महाधिवेशनमा यो विषयमा हाम्रो प्रश्न हुनेछ । विधान महाधिवेशनभित्र कुरा उठ्नेछ । पार्टीका डकुमेण्टहरु पहिला नै आउने र छलफल गर्ने र सहमति भए सहमति हुन्छन्, भिन्न मत राख्न चाहनेका लागि भिन्न मत राख्ने वा कतिपय छलफलको कोर्षमा दिएका सल्लाहरु समेटिएपछि ति कुराहरु मान्ने भन्ने हुन्छ । नेपालको संविधानले कोही व्यक्तिलाई पार्टीमा काम नगर्न निषेध गरेका छैन । राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ भनेको छ । यि तीन कुरा बाहेक कुनै पार्टीमा लाग वा नलाग भनेर संविधानले भनेको छैन । संविधानले रोक्दै नरोकेको पार्टीमा लाग्न नपाउने भन्ने व्यवस्था अनि संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर, निर्णय गरेर रोक्न मिल्छ र ? संविधानले रोकेको छैन । डेमोक्रेटिक राइटलाई उल्लंघन गर्ने काम कुनैपनि राजनीतिक दलले गर्न मिल्दैन ।’

लोकतान्त्रिक अधिकारलाई उल्लंघन गर्नेकुरा कुनै राजनीतिक दलहरुले गर्न नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।