२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन क्षेत्र र चुरे विनासका कारण मधेस मरुभूमि बन्दैछः अध्यक्ष यादव



अ+ अ-

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक रूपमा चुरे र यहाँको वन विनाशका कारण मधेस मरुभूमि भइरहेको बताउनुभएको छ ।

जसपा राजविराज नगर समितिका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमित सदस्यको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा आज यहाँ उहाँले जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

चुरे विनाशका कारण हाल मधेसमा जलसङ्कट देखिएको बताउँदै अध्यक्ष यादवले सुकुम्वासी व्यवस्थापनका नाममा भूमि विधेयक ल्याएर सरकारले मधेसलाई थप समस्यामा पार्न खोजेको आरोप लगाउनुभयो । चुरे विनाशका कारण मधेसमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको, भूमि विधेयकले थप विनाश बढाउने र मधेस  मरुभूमिमा परिणत हुने उहाँको जिकिर थियो ।

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको स्मरण गर्दै अध्यक्ष यादवले त्यसमा सचेत नहुँदा हाल जमिन सुक्खा भएर सङ्कट उत्पन्न भएको धारणा राख्नुभयो । रासस