७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीबी राईका जेठान ज्ञानबहादुर बम्जन पक्राउ



अ+ अ-

काठमाडौँ । सहकारी ठगीको आरोपमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शनिबार पोखराबाट पक्राउ गरेको हो ।

उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धानको काम अघि बढाइएको जनाइएको छ ।

यसअघि पनि पक्राउ परेका बम्जन यही भदौ ८ गते कास्की अदालतको आदेशमा १० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।​

बम्जन, सूर्यदर्शन सहकारी संस्थापक अध्यक्ष हुन् । उनीमाथि सहकारीको अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको आरोप छ ।