२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको आक्रमणमा यमनका प्रधानमन्त्री मारिए



Photo : BBC
अ+ अ-

काठमाडौं । इजरायलको आक्रमणमा परेर यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावीको मृत्यु भएको छ । यमनका हुथी विद्रोहीहरूले इजरायलको आक्रमणमा प्रधानमन्त्रीको मृत्यु भएको दाबी गरेको हो ।

गाजा युद्ध सुरु भएपछि यो हुथी विद्रोहीहरूका लागि सबैभन्दा ठूलो क्षति हो । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो ।

हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको समाचार एजेन्सी रोयटर्सले बताएको छ । तर यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

शनिबार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन् ।

बिहीबार राजधानी साना भएको आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन, तर यसमा अन्य केही व्यक्ति घाइते भएका उल्लेख गरिएको छ ।

एएफपीका अनुसार, अल–रहावीलाई अन्तिम पटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी मारिएका छन् । उनलाई इजरायलले निशाना बनाएको हो ।’

वक्तव्यमा आक्रमणमा घाइते भएका उनका केही सहयोगीहरूको अस्पतालमा उपचार भइरहेको पनि उल्लेख छ । यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई निशाना बनाएको उल्लेख गरेको थियो । तर महदी मशातको वक्तव्यबाट हुथी विद्रोहीहरूको रक्षा मन्त्री मारिएका मध्ये परेका छन् वा छैनन् भन्ने प्रष्ट हुन सकेको छैन ।

अहमद अल–रहावी झन्डै एक वर्षअघि प्रधानमन्त्री बनेका थिए ।