४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

संघीय निजामति विधेयक भनेको ‘कुलिङ अफ पिरियड’ मात्रै भन्ने पारियोः मन्त्री न्यौपाने

संघीय निजामति विधेयक भनेको ‘कुलिङ अफ पिरियड’ मात्रै भन्ने पारियोः मन्त्री न्यौपाने
अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडलाई धेरै बहस र प्रचार गरिएकोप्रति असन्तुष्टी जनाउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको शनिवार बसेको बैठकमा भएको संघीय निजामति सेवा विधेयक माथीको दफावार छलफलमा उहाँले उक्त असन्तुष्टी व्यक्त गर्नुभएको हो । संघीय निजामति विधेयक भनेको नै कुलिङ अफ पिरियड मात्रै हो भने जसरी बहस गरिएको उहाँको भनाई छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा कुलिङ अफ पिरियडमा भएको छलफलले अन्य महत्वपूर्ण विषयलाई ओझेलमा पारेको उहाँले बताउनु भयो । निजामति कर्मचारीहरुको नियुक्ति, सरुवा, संघियताको मर्म अनुसारको व्यवस्थापन, पदपूर्ति लगायतका धेरै महत्वपूर्ण विषयहरुमा छलफल आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘कुलिङ अफ पिरियडको बारेमा चाहीँ अहिले धेरै यो संघीय निजामति ऐन जारी गर्ने यो विधेयकको छलफल हुँदै गर्दाखेरी चाँही प्रतिनिधि सभामा जुन खालको जसरी छलफल भयो । जसरी बहस भयो । सचिवज्यूले पनि भन्नुभयो, यो विधेयक कसरी आयो, किन आयो, कसले ल्यायो, त्यो कुरा छँदैछ । तरपनि प्रतिनिधि सभा आईसकेपछि राज्य व्यवस्था समितिमा त्यो विधेयकमा यसरी छलफल भयो । यो विषय चाहीँ र बाहिर आम रुपमा चाहीँ के प¥यो भन्दाखेरी संघीय निजामति विधेयक भनेको कुलिङ अफ पिरियड मात्रै हो रहेछ कि भन्ने जस्तो प्रचार भयो । त्यो बाहेक अरु धेरै महत्वपूर्ण कुरा छन् । निजामति कर्मचारीहरुको नियुक्तीको विषय छ, सरुवाको विषय छ, व्यवस्थापनको विषय छ । यो संघियताको मर्म अनुसार कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ, पदपुर्तीको विषय छ । धेरै विषयहरु छन् । तर त्यो कुलिङ अफ पिरियड मात्रै हो की भन्ने हिसाबले धेरै चर्चा भएर आज पनि सबैका कान ठाडा किन छन् भने राष्ट्रिय सभाले त्यो कुलिङ अफ पिरियडलाई के गर्छ ? भन्ने विषयले सबैको ध्यान जति त्यता छ ।’

प्रतिनिधि सभामा कुलिङ अफ पिरियडको सन्दर्भमा तीतो घटना घटेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सभाले सौहार्द्र रुपमा छलफल गरेर त्यसलाई टुंगोमा पुर्याउने बताउनु भयो ।