४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताउनुभएको छ ।

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँल यस्तो बताउनुभएको हो । उहाँले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताउनु भयो । फिल्ममा देखाईएको काम रियलमा हुनु खुशीको कुरा भएको उहाँले बताउनु भयो ।

उहाँले काठमाडौं महानगरबाट धेरै पालिकाहरुले काम गर्ने शैली सिक्न खोजेको पनि बताउनु भयो । त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उहाँको भनाई छ । काठमाडौं महानगरपलिका भित्रका सार्वजानिक सम्पतीको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा नगरप्रहरीको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै पालिकाहरु छन्, धेरै ठाउँहरु छन् । काठमाडौ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरुले काठमाडौ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाईमा तपाईहरुको ठूलो योगदान छ । सार्वजानिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडांै महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा तपाईहरुको उल्लेखनिय योगदान रहेको छ । सानोमा हुँदा रमाईलो याद आउँछ, हामी हलिउड फिल्महरु हेथ्र्यौँ, पुराना पुराना फिल्महरु हेर्दाखेरी त्यसमा न्युवर्क सिटि पुलिकको काम कारबाही हेर्दाखेरी लाग्थ्यो काठमाडौं लगायत देशका विभिन्न पालिकाहरुमा सिटि पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरु सिनेमामा मात्रै हेर्न पाईन्थ्यो पहिला । र अचेल चाहीँ तपाईहरुको काम हेर्दाखेरी कहिलेकाही सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहीँ खुशीको कुरा हो । काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौको एउटा पर्यायबाची पहिचानको रुपमा स्थापित भएको छ । तपाईहरुले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरु अहिलेको वितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरुमा पनि विभिन्न सिटि पुलिस तथा स्थानिय सरकारहरुलाई एउटा सिकाईको रुपमा रहनेछ ।’

उहाँले महानगरप्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरुको लागि सिकाईको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।