२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वीरगञ्जमा ५१ किलोको मालाले स्वागत



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगञ्ज पुग्नुभएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँलाई त्यहाँ एमाले कार्यकर्ताहरुले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका थिए । भण्डारीले बीआइसीसीआई बृहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उहाँको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेसहित पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपानेलगायतका नेताहरु सिमरा पुगेका थिए ।