२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा रास्वपाको प्राइमरी इलेक्सनमा १५९४ मत खस्यो, को बन्ला उम्मेदवार ?



अ+ अ-

काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चयन गर्न गरेको प्रारम्भिक निर्वाचनमा १५९४ मत खसेको छ । रुपन्देही–३ का लागि रास्वपामा ९ जना आकांक्षी छन् ।

९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवार छनोट गर्न रास्वपाले प्राइमरी इलेक्सन सुरु गरेको थियो । बिहीबार बिहान ७ बजेबाट शुक्रबार साँझ ७ बजेसम्म भएको अनलाइन भोटिङमा केन्द्रीय समिति सदस्य बाहेकको २७१६ मतमध्ये १५६७ मत खसेको छ ।

यसैगरी ६२ जना केन्द्रीय समिति सदस्यहरू मध्येबाट २७ मत खसेको छ । पार्टीको निर्वाचन आयोगले खसेको मतमध्ये कति सदर भए त्यसको परीक्षण गरेर पार्टीलाई जानकारी दिने छ ।

प्राइमरी इलेक्सनमा पार्टीको एपमार्फत मोबाइलबाटै अनलाइन भोटिङ गर्न सकिने व्यवस्था रहेको थियो । उम्मेदवार छनोट विधिअन्तर्गत प्राइमरी इलेक्सनमा पाउने मतको अंक भार सबैभन्दा धेरै ५० रहेकाले यसलाई आकांक्षीहरूले महत्वका साथ हेरेका छन् ।

पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए । जसमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही ३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।

प्राइमरी इलेक्सनमा धेरै अन्तरले बढी भोट पाउने आकांक्षी नै उम्मेदवार बन्न सक्छ ।

यसअघि पार्टीले २० अंक भार रहेको पोलिटिकल प्रोक्सिमिटी र २५ अंकभार रहेको लिडरसिप एकेडेमीको लागि आकांक्षीहरूबीच विभिन्न गतिविधि गराएर मूल्याङ्कन गरिसकेको छ । १०० अंकमध्ये ५ अंक समावेशितालाई छुट्याइएको छ । यो अंक महिला, आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक र पछाडि पारिएको समुदायका आकांक्षीले मात्र पाउँछन् ।

रास्वपाको प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यतले मतदान गरेका हुन् ।

सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहनेछ ।

भोलि प्राइमरी इलेक्सनको नतिजा, यसअघि सम्पन्न पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको मूल्यांकनबाट प्राप्त अंक र समावेशिताको अंक कम्पाइल गरी भदौ १५ गते सबैभन्दा बढी अंक पाउने एकजनालाई उम्मेदवार घोषणा गरिने रास्वपाले जनाएको छ ।




भर्खरै