१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने



अ+ अ-

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने क्रेमलिनले शुक्रबार जनाएको छ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले एएफपीलगायत पत्रकारसँग कुरा गर्दै पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार चीनमा हुने क्षेत्रीय शिखर सम्मेलनका अवसरमा पनि भेटवार्ता गर्ने जानकारी दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा मस्कोलाई आक्रमण अन्त्य गर्न दबाब दिने अभियानअन्तर्गत नयाँ दिल्लीले रुसी तेलको ठूलो परिमाणमा खरिद गरेको सजायस्वरुप भारतीय सामानमा कर लगाएका छन् ।

ऊर्जा आय मस्कोको बजेटको लागि राजस्वको एक प्रमुख स्रोत हो। रूस भारतको शीर्ष हतियार आपूर्तिकर्तामध्ये एक हो र दुई देशबीचको न्यानो सम्बन्ध सोभियतकालीन हो।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले सैन्य आक्रमण सुरु गरेयता युक्रेनका पश्चिमी मित्रराष्ट्रहरूले रुसको निर्यात आयमा कटौती गर्न खोजेका छन् तर रुसले युरोपबाट भारत र चीनलगायत देशहरूमा ऊर्जा बिक्रीलाई पुनर्निर्देशित गर्न सक्षम भएको छ । इन्धन बिक्रीले अर्बौ डलरको कोषको प्रवाहलाई जारी राखेको छ।

भारतले रुसबाट तेल आयात गरेको तर्क गर्दै आएको छ किनभने द्वन्द्व सुरु भएपछि परम्परागत आपूर्ति युरोपमा डाइभर्ट गरिएको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेका कारण पुटिनले युक्रेनमाथिको आक्रमणपछि आफ्नो विदेश यात्रामा उल्लेखनीय कटौती गर्नुभएको छ ।

भारत आइसिसीको पक्ष राष्ट्र होइन र त्यसैले पुटिनलाई हिरासतमा राख्न बाध्य छैन । (रासस/एएफपी)