११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामन्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताउनुभएको छ ।

कवि एवं गीतकार बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र’ शीर्षक कविता सङ्ग्रहको आज यहाँ लोकार्पण गर्दै उहाँले कविता लेखन सजिलो कर्म नभई त्यसका लागि गहिरो र गाह्रो साधना आवश्यक पर्ने विचार प्रकट गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “केसीका प्रत्येक कविता प्रश्न जगाउने र मनलाई हलचल गराउँछ । कृतिमा प्रकृति र समाजका विभिन्न परिवेशसँग जोडिएका विषयवस्तु समेटिएको छ ।”

समाजलाई सही दिशातर्फ सचेत गराउन चोटिलो र धारिलो भए पनि सभ्य शब्दको चयन गरेर कविताको ओजलाई कविले अझ खदिलो तुल्याएको उहाँको भनाइ थियो ।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिले देशलाई विश्वमा चिनाउने भएकाले राज्यले यो विधालाई सोही दृष्टिबाट हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य व्यक्तिभन्दा विषयवस्तु हेर्ने र बुझ्नेबारे कविको आँखा फरक हुन्छ । पागल हुने कुनै व्यक्तिको इच्छा नभए पनि कवि केसीले त्यसलाई सटिक ढङ्गबाट इच्छाका रूपमा देखाइदिनुभएको छ । जुन सबैका लागि कौतुहलको विषय बन्न पुगेको छ ।”

साहित्यकार डा नवराज लम्सालले सामान्यभन्दा फरक शाश्वत र यथार्थताको वर्णनले कवि र कविता विधालाई बलशाली तुल्याउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “केसीका सृजना नयाँपन, सफल, शाश्वत र सफल छ । मानवीय चेतनालाई फरक ढङ्गले प्रस्तुत गर्ने कला भएका व्यक्तिमात्र कवि हुनसक्छ भन्ने पुष्टि गरेको छ ।”

साहित्यकार सुशीला पौडेलले स्वतन्त्र, स्वच्छन्दता, स्वाभाविक र हृदयस्पर्शी विषयवस्तु र शब्दको चयन गरिएरको कृतिमा आशावादी चिन्तन रहेको बताउनुभयो । त्यस अवसरमा चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा, शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेल, साहित्यकार वियोगी बुढाथोकीले ‘पागल हुन कहाँ सजिलो छ र’ कृतिमा समाज, जीवन र जगत्लाई सहज रूपले बुझ्न र बुझाउन सक्ने शब्द र विषयवस्तु समेटिएको बताउनुभयो ।

त्यस अवसरमा कवयत्री उपमा केसीलगायत साहित्यकारले कृतिभित्रका विभिन्न कविता वाचन गर्नुभएको थियो । जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश, समय र सन्दर्भ, समाज र सास्ती, आफू र आफन्तहरू, माया र मनहरू तथा अन्तमासहित सात खण्डमा विभाजित उक्त कृतिमा हलुका जिन्दगी, शून्य, सन्ध्या, असल साथी, छाउगोठ, खल्ती, मूर्तिले माया गर्दैन र अलप हुन पाए भन्नेलगायत शीर्षका कविता रहेका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको एक सय ४८ पृष्ठको उक्त कृतिको सफ्ट कभर मूल्य रु चार सय रहेको छ ।रासस