११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

‘धार्मिक र सांस्कृतिक परम्परा संरक्षणमा समुदायको भूमिका अपरिहार्य’

‘धार्मिक र सांस्कृतिक परम्परा संरक्षणमा समुदायको भूमिका अपरिहार्य’
अ अ+ अ-

धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

ब्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामद्वारा श्री बललभद्र जयन्ती पुजन समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्नुहुँदै उहाँले धार्मिक चेतना र सामाजिक एकता बलियो बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइ रहन्छ ।” प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेकोे उल्लेख गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले समारोहमा शुभकामना मन्तव्य दिँदै नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमप्रति सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस