४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

म्यान्मामा करेन विद्रोहीहरू आतङ्कवादी समूह घोषित

म्यान्मामा करेन विद्रोहीहरू आतङ्कवादी समूह घोषित
FILE - Members of the Karen National Liberation Army and People's Defense Force collect weapons after they captured an army outpost, in the southern part of Myawaddy township in Kayin state, Myanmar, March 11, 2024. (AP Photo/METRO)
अ+ अ-

एजेन्सी । म्यान्माको सैन्य सरकारले बिहीबार करेन नेसनल युनियन (केएनयु) लाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ । यससँग सम्बन्धित कुनै पनि गतिविधि वा तेस्रो पक्षको सम्पर्कलाई समेत अब अवैध ठहर गरिने बताइएको छ ।

म्यान्मा सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै केएनयुले बढी स्वायत्तताका लागि सङ्घर्ष गर्दै आएको छ । दक्षिणपूर्व म्यान्मामा अवस्थित यो समूह विशेषगरी सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको गृहयुद्धमा सक्रिय रूपमा संलग्न छ ।

केएनयुका प्रवक्ता पडोह साव ताव नीले शुक्रबार समूहले यस आतङ्कवादी समूह पदनामलाई बेवास्ता गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “तपाईंलाई वास्तविक आतङ्कवादी र अन्तर्राष्ट्रिय अपराधी को हुन् भन्ने प्रमाण चाहिँदैन । म्यान्माको सेनालाई नै अन्तर्राष्ट्रिय न्यायाधिकरणले दोषी ठहर गरेको छ ।”

केएनयुले डिसेम्बर २८ बाट सुरु हुने भनिएको सैन्य योजनाको राष्ट्रिय चुनावमा अवरोध गर्ने वाचा गरेको छ । तर आतङ्कवादी समूहको पदवीले यसका अहिंसात्मक सूचना अभियानहरूलाई अझ कठिन बनाउनेछ, जसलाई पहिले नै अवैध ठहर गरिएको छ ।

राज्य सञ्चालित एमआरटिभी टेलिभिजनले सैन्य सरकारी समितिको हवाला दिँदै केएनयुलाई आतङ्कवादी समूह घोषणा गरेको समाचार प्रसारण गरेको छ ।

समितिले केएनयुमाथि ‘सार्वजनिक सुरक्षा, जीवन र सम्पत्ति, सार्वजनिक तथा निजी पूर्वाधार, राज्य स्वामित्वका भवन, सवारीसाधन र सामग्रीमा गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ ।

एमआरटिभीले अर्को सूचनामा कार्यवाहक राष्ट्रपति तथा सैन्य प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङले केएनयु र यससँग सम्बद्ध संस्थाहरूलाई गैरकानूनी सङ्गठन घोषणा गरेको जानकारी दिएको छ । यसले उनीहरूसँग सम्पर्क राख्नेलाई अपराधी ठहर गर्नेछ ।

यस घोषणापछि, एमआरटिभीले स्वतन्त्रताका नायक आङ सान (आङ सान सुकीका पिता) को सन् १९४७ को भनाइ उद्धृत गर्दै बारम्बार प्रसारण गरेको छ । उक्त प्रसारणमा भनिएको थियो, “हाम्रो सरकारले चुनावमा अवरोध गर्नेहरूलाई चुपचाप हेरेर बस्दैन । उनीहरूलाई कडा सजाय दिइनेछ । हाम्रो सरकारले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने कसैलाई रोकेन तर अवरोध गर्नेहरूलाई दबाउन सबै शक्ति प्रयोग गर्नेछ ।”

आलोचकहरूले आउँदो चुनावलाई सेनाले आफ्नो अधिग्रहणलाई वैधता दिने ढोङका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार, सन् २०२० को चुनावमा भारी बहुमतले जितेको सुकीको नेसनल लिग फर डेमोक्रेसी विघटन गरिसकेकाले चुनाव निष्पक्ष हुने सम्भावना छैन ।

केएनयुलगायतका विपक्षी समूहहरूले चुनावलाई असफल बनाउन प्रयास गर्ने चेतावनी दिएका छन् । सैन्य सरकारले गत महिना एक नयाँ निर्वाचन कानून ल्याएको थियो । सो कानूनअनुसार चुनाव अवरोध गर्ने वा विरोध गर्ने व्यक्तिलाई मृत्युदण्डसमेत दिन सकिने व्यवस्था छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अन्य जातीय अल्पसङ्ख्यकहरूजस्तै करेनहरूले पनि दशकौँदेखि बढी स्वायत्तताको माग गर्दै आएका छन् ।

केएनयुले सन् २०१५ मा सात अन्य जातीय विद्रोही सेनाहरूसँगै पूर्व अर्ध–नागरिक सरकार ९पूर्व जनरल थेइन सेनको नेतृत्वमा० सँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो । तर सन् २०२१ को सैन्य कब्जापछि यो समूह प्रजातन्त्र समर्थक मिलिसियासँग मिलेर सेनाविरुद्ध लडाइँमा संलग्न भयो र सरकार विरोधीहरूलाई आश्रय दियो ।

सैन्य कब्जाको विरोधमा भएको अहिंसात्मक आन्दोलनलाई सेनाले बल प्रयोग गरेर दमन गरेपछि उत्पन्न सशस्त्र प्रतिरोधले अहिले देशको धेरै भागलाई गृहयुद्धमा फसाएको छ ।

कायिन ९करेन० राज्यमा केएनयुको सशस्त्र शाखा करेन नेसनल लिबरेसन आर्मीले सैनिकहरूविरुद्ध प्रत्यक्ष लडाइँ मात्र गरेको छैन, स्थानीय सयौँ युवालाई युद्ध प्रशिक्षणसमेत दिइरहेको छ ।

सैन्य सरकारले प्रस्ताव गरेको शान्ति वार्तामा केएनयुले सहभागी हुन अस्वीकार गर्दै बहिष्कार गरेको छ । समूहका मागहरूमा राजनीतिबाट सेनाको फिर्ता, सङ्घीय लोकतन्त्रको कार्यान्वयन र सङ्कट समाधानमा अन्तर्राष्ट्रिय संलग्नताको स्वीकृति समावेश छन् ।