काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा ९० जनाको जनशक्ति माग भएको छ ।
विभागले आज सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ ।
तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गतेभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।











