३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठकले के–के निर्णय गर्यो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियानलगायतका विषयमा गहन छलफल र समिक्षा गरेको छ ।

रास्वपाको आज सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको हो । जसअनुसार रास्वपाले केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यमा सहयोग पुर्‍याउने रूपन्देहीका नागरिकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा रास्वपाले धन्यवाद ज्ञापन पनि गरेको छ ।

बैठकले पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत पनि गरेको छ ।

यस्ता छन् निर्णयहरुः
१. पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियानलगायतका विषयमा गहन छलफल र समिक्षा ।

२. केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने ।

३. प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने ।

४. रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यमा सहयोग पुर्‍याउने रूपन्देहीका नागरिकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गरियो । साथै आगामी छनोट प्रक्रियामा पनि साथ दिन अनुरोध गरियो ।
प्रारम्भिक छनोट प्रक्रियामा असाध्यै मेहनत, उत्साह र इमानदारीका साथ सहभागी हुनुभएका नौ उम्मेदवारहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै, प्रारम्भिक निर्वाचनलाई महत्वपूर्ण मानिएकोले सामाजिक आचारसंहिताभित्र रही सद्भावपूर्ण सहभागिताका लागि सबैलाई आह्वान ।

५. पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत ।

६. विज्ञहरुको योगदान आब्हानस् कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रका समस्या विश्लेषण, समाधानका उपायहरूको पहिचान तथा अन्वेषण गर्ने र विज्ञहरूसँगको छलफलमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन आवश्यक नीति–कार्यक्रमका सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यमा संलग्न गराउने निर्णय गरियो ।

यसै सन्दर्भमा, उल्लेखित क्षेत्रका विज्ञहरूलाई मन, वचन र कर्मले राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरिएको छ ।