७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति



अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

उनलाई बुधबार नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको थियो ।

आज अदालतमा हाजिर भएका उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

साइबर क्राइम गरेको आरोपमा पक्राउ परेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।