१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

संघीय संसद्को वर्षे (बजेट) अधिवेशन शुक्रबारदेखि, लकडाउनमा कसरी चल्छ संसद ?

संघीय संसद्को वर्षे (बजेट) अधिवेशन शुक्रबारदेखि, लकडाउनमा कसरी चल्छ संसद ?
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ का कारण मुलुक लकडाउनमा रहेका बेला संघीय संसद्को वर्षे (बजेट) अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु भएपछि सांसद, मर्यादापालक, कर्मचारी र मिडियाकर्मीको उपस्थितिले संसद् भवन र परिसरमा निकै भीडभाड हुने निश्चित छ । त्यसैले सरकारले सम्पूर्ण सुरक्षा विधि अपनाएर संसद् अधिवेशन चलाउने निर्णय गरेको छ । संसद् सचिवालयले बैठक कक्षको व्यवस्थापन र स्वास्थ्य सुरक्षा कायम राख्न विशेष तयारी गरेको छ । दुवै सदनका सांसद, कर्मचारी र बैठक सञ्चालनमा सहभागी हुने सबैको बिहीबार पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरिनेछ । परीक्षणका लागि नमूना संकलन गर्न १० बजे राष्ट्रियसभा र ११ बजे प्रतिनिधिसभाका सांसद संघीय संसद् भवन बानेश्वरमा उपस्थित हुनुपर्नेछ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बैठक सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । ‘स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरिएको छ,’ उनले भने ।

हरेक दिन बैठक सुरु हुनु अगावै ढोकादेखि प्रत्येक व्यक्ति बस्ने कुर्सी, प्रयोग गर्ने टेबुल, पोडिमय, माइकलगायत सबै संरचानलाई फेमिगेट गरिनेछ । फेमिगेटपछि चार घण्टाका लागि ढोकाहरु बन्द गरिनेछन् । सांसदहरु विगतमा जसरी भीडभाड गरेर बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन् । सामाजिक दूरी कायम गरेर पालैपालो प्रवेश गर्नुपर्नेछ । भित्र पस्ने ढोकानजिकै साबुनपानी राखिनेछ । । प्रत्येक सांसदको टेबुलमा सेनिटाइजर राखिनेछ भने बैठक सुरु हुनुअघि हरेक दिन ज्वरो जाँच गरिनेछ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सांसदले पहिलो दिन जुन कुर्सीमा बसेको हो संसद् बैठक चलुन्जेलसम्म हरेक दिन अर्कोमा बस्न पाइने छैनन् । दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ । संसद्मा ३ सय ३४ जना सांसदलाई कुर्सीको व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभा हलको माथिल्लो तलाको दर्शकदीर्घामा पनि सांसद बस्ने व्यवस्था गरिएको छ । माथिल्लो हलमा संयुक्त बैठकका दिन १ सय २० जना सांसद बस्न मिल्नेछ । दुवै सदनमा रहेका २–२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ । प्रतिनिधिसभा मात्र सञ्चालन भएका दिन भने माथिल्लो तलामा ६० जना सांसद बस्न मिल्ने संरचना बनाइएको छ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संयुक्त बैठक बस्ने दिन राष्ट्रपतिका लागि पनि सभामुख र अध्यक्ष बस्ने लहरमा सामाजिक दूरी कायम गरेर कुर्सी राखिनेछ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सोही कुर्सीमा बसेर पढ्ने छिन् । एक जनाले बोलिसकेपछि अर्को व्यक्तिले बोल्नुअघि पोडिमय र माइकलाई सेनिटाइज गरिनेछ । सांसदले आफू बसेकै ठाउँबाट बोलेका छन् भने बैठक सुरु हुनुअगाडि मात्र माइक र कुर्सीको सेनिटाइज गरिनेछ । सचिवालयका एक कर्मचारीले भने, ‘जेष्ठ सांसद सदस्यलाई भने कुर्सीको छेउको लहरमा बस्न अनुरोध गरिनेछ ।’

शौचालय, ढोकाका ह्यान्डिल, भर्‍याङको रेलिङसमेतलाई बेलाबेलामा सेनिटाइज गरिनेछ । बैठकमा एसीको बदला फ्यान चलाइनेछ । विज्ञहरुको सल्लाहअनुसार एसी नचलाउने निर्णय गरिएको हो । ‘जति व्यवस्थापन भएको छ सबै स्वास्थ्य क्षेत्रका विज्ञको सल्लाहमा गरिएको हो,’ धमलाले भने । सचिवालय र संसद् भवनका सबै ढोका खुला रहनेछन् । सांसदहरुले उच्च गुणस्तरको मास्क प्रयोग गर्नुपर्नेछ । बैठक हलमा पनि मास्क अनिवार्य गरिएको छ । ‘बोल्ने बेलामा भने खोल्ने/नखोल्ने सांसदहरुको अधिकार हो,’ सचिवालयका एक स्वास्थ्यकर्मीले भने । संसद्को क्यान्टिन खुला हुनेछ । तर एउटा टेबुलमा एक जना मात्र बस्न पाइनेछ ।

स्वास्थ्य सम्बन्धी सबै व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिभिल अस्पताल र संसद्कै स्वास्थ्य इकाई टोलीले गरेको हो । संयुक्त बैठकका दिन कूटनीतिक नियोग, संवैधानिक निकायलगायत उच्च पदस्थलाई बोलाउने/नबोलाउनेबारे टुंगो लागिसकेको छैन । मिडियाकर्मीलाई कसरी प्रवेश दिने र कुन स्थानमा व्यवस्थापन गर्ने भन्ने पनि अन्तिम निर्णय भएको छैन । ‘माथिल्लो तलामा सांसदलाई व्यवस्थापन गर्ने भएकाले मिडियाकर्मीलाई उक्त स्थानमा प्रवेश हुँदैन,’ एक अधिकारीले भने, ‘त्यसबारे निर्णय हुन बाँकी छ ।’ सरकारले जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । बजेट अगावै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्मा पढ्नुपर्ने छ । अर्थमन्त्रीले बजेट पेस गर्नुअघि संसद्मा प्रि–बजेट छलफल गर्नुपर्नेछ । कोभिड–१९ का कारण मुलुक लकडाउनमा भएकाले गत सालको भन्दा यो पटक बजेट अधिवेशन आह्वानमा ढिलाइ भएको हो । गतवर्ष वैशाख १६ मै अधिवेशन सुरु भएको थियो । कान्तिपुर दैनिक