२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीलाई अमेरिकी सहयोग



अ+ अ-

काठमाडौँ । अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा तिनमा प्रयोग हुने प्रविधि प्रदान गरेको छ ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई   ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक थापाले प्राप्त आधुनिक उपकरण र प्रविधिले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताउँदै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारीे बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत थम्सनले अमेरिकी सहयोगबाट नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा योगदान पुग्ने बताउनुभयो । रासस