४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

रुपन्देही–३ मा रास्वपाका ९ आकांक्षीबाट उम्मेदवार छान्न आज प्राइमरी इलेक्सन

रुपन्देही–३ मा रास्वपाका ९ आकांक्षीबाट उम्मेदवार छान्न आज प्राइमरी इलेक्सन
अ+ अ-

काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज प्रारम्भिक चुनाव गर्दै छ । रास्वपाका ९ जना आकांक्षी छन् । उनीहरुमध्ये एक जनालाई उम्मेदवार बनाइने छ ।

उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, पूर्वउम्मेदवार, चिकित्सक, प्राध्यापक, सहकारी अभियन्ता, उद्योगी र विदेशबाट फर्किएका युवासमेत छन् ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म आवदेन माग गरेकोमा ९ जनाको आवेदन परेको थियो । यो बीचमा पार्टीका विभिन्न चरण पार गरेसँगै उनीहरुमध्येबाट आज र भोलिभित्र सम्बन्धित क्षेत्रका सदस्यहरुले मतदान गरेर छान्नेछन् ।

उपनिर्वाचनमा उम्मेदार बन्नका लागि बुटवल सेमलारका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र बुटवलकै मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उनीहरुमध्येबाट धेरै मत ल्याउने एक जनाको नाम रास्वपाले भदौ १५ मा सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

रास्वपाले उम्मेदवार छनोट विधिअन्तर्गत प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।

भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) हुनेछ । प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने छन् ।

आाकांक्षीहरुबीच ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छान्ने रास्वपाको विधानमा भएको पुरानै व्यवस्था हो । तर, अहिलेसम्म व्यवहारिकरूपमा यसको प्रयोग हुन सकेको थिएन ।

रास्वपाको विधानअनुसार उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक इलेक्सनमा सम्वन्धित क्षेत्रका पार्टी सदस्यहरुले भाग लिन सक्छन् ।

यस्तै, पार्टीका केन्द्रीय सदस्यहरुलाई पनि मतदानको अधिकार हुन्छ । तर, प्राइमरी इलेक्सनबाटै उम्मेदवार तय हुने भन्ने होइन । पहिलेको व्यवस्थामा संसोधन गरेर ५० प्रतिशत अंकभार मात्रै प्रारम्भिक निर्वाचनको नतिजाले प्राप्त गर्ने प्रावधान राखिएको छ ।

बाँकी ५० प्रतिशतमध्ये लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक आवद्धता) लाई २० प्रतिशत र समावेशीतालाई ५ प्रतिशत भाराङ्क दिने व्यवस्था संसोधित कार्यविधिमा गरिएको हो ।