११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन

विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
अ अ+ अ-

लुम्बिनी। विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ ।

राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो ।

एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिनुभयो ।

उक्त महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का सङ्घीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गर्नुभयो ।

त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाभियानले धेरैलाई प्रेरणा मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै सेवाभावका साथ समर्पित अभियानलई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री विश्वकर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यायका राजयोग केन्द्रहरूमा योग, ध्यान र सात्विक भोजनमार्फत मानसिक स्वास्थ्यमा पनि विशेष भूमिका निर्वाह गरिरहेको भन्दै अभियन्ता र आयोजकको प्रशंसा गर्नुभयो ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ, सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने मूल नारासहित भदौ ६ देखि ९ गतेसम्म नेपालका १३४ र भारतका विभिन्न स्थानमा एकसाथ रक्तदान गरिएको आयोजक संस्थाका क्षेत्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायणले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत बुटवलस्थित क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र, सैनामैना नगर अस्पताल मुर्गिया, देवदह शाखा, गुल्मीको तम्घास, कपिलवस्तुको वाणगङ्गा जितपुर, देवीनगरको दुर्गा मन्दिर सभाहल, नेपालगञ्ज, नवलपरासी परासी शाखा तथा कठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढ़ी, दाङलगायत शाखाहरूमा एकसाथ रक्तदान कार्यक्रम भएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विगत ५५ वर्षदेखि शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक–आध्यात्मिक मूल्यहरूको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिँदै आएको छ । धुम्रपान, मद्यपान र लागूपदार्थजस्ता दुव्र्यसनमुक्त समाज निर्माणमा समेत संस्थाले महत्वपूर्ण भूमिका खेलेको अभियन्ता रोजयोगी नारायणको भनाइ छ ।

महाअभियानले रक्तदानलाई केवल स्वास्थ्य सहयोगको कार्य नभई मानवीय एकता र विश्व बन्धुत्वको सशक्त सन्देश प्रवाह गरेको उत्प्रेरक प्रशिक्षक ब्रह्माकुमार ऋषि न्यौपानेले बताउनुभयो । रासस