१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज विज्ञप्ति जारी गर्दै हरितालिका तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्जवल परम्परा रहेको बताउनुभएको हो । उहाँले विवाहित महिलाहरुले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै ब्रत बस्ने धार्मिक आस्था यो पर्वसँग गहिरो रुपमा जोडिएएको उल्लेख गर्नुभएको छ ।

विवाहपश्चात महिलाले जन्मघर छाडे कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरमा रुपमा तीजलाई लिइन्छ,’ पूर्वराष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ– ‘यो पर्वले चेली र माइतीबीचको आत्मीयता, परिवार र साथीसंगीबीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।’

उहाँले महिलामाथि हुने विभेद, हिंसा र कुरितिहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने प्रेरणा यो पर्वले लिने विश्वास व्यक्त गर्नुभएको छ । ‘पछिल्ला वर्षहरुमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपना र खर्चिलोपन चिन्ताको विषय बनेको छ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरुलाई संरक्षण गर्दै समाजमा देखिने विकृति र विसंगतिहटाउन प्रयास गर्नुपर्छ,’ पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।