११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

एकै वर्षमा पर्वतका एक हजार नौ सय घरमा धारा जडान

एकै वर्षमा पर्वतका एक हजार नौ सय घरमा धारा जडान
अ अ+ अ-

पर्वत।  गत आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा एक हजार नौ सय घरधुरीमा धारा जडान गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो ।

सरकारको लक्ष्य अनुसार खानेपानीको पहुँच विस्तार गरिएको खानेपानी तथा सरफाइ डिभिजन कार्यालयले जनाएको छ । योसँगै जिल्लाका १८ हजार २०० घरधुरीमा धाराको पहुुँच पुगेको छ ।

कार्यालयका अनुसार गत आवमा सञ्चालनमा रहेका प्रदेशतर्फका ७४ आयोजना सम्पन्न भएका छन् । प्रदेश सरकारतर्फका योजनाबाट एक हजार २४२ घरधुरीमा धारा जडान गरिएका छन् । सङ्घीय शसर्त अनुदानतर्फका १८ वटा आयोजनाबाट ५५४ घरधुरीमा धारा जडान गरिएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

पौडेलकाअनुसार पुनःस्थापना कार्यक्रमअन्तर्गतका १८ वटा आयोजना सम्पन्न गरी थप ९६ घरधुरीमा धारा जडान गरिएको छ । खानेपानीको पहुँच पुगेपछि उपभोक्ताहरु हर्षित बनेका छन् । विगतमा खोला, कुवा, पँधेरा इनारलगायतका स्रोतबाट पानी उपभोग गर्ने गरेका नागरिकको घरमै धारा जडान गरिएको हो ।

खानेपानी योजनाका लागि गत आर्थिक वर्षमा कार्यालयले प्रदेशतर्फबाट रु १२ करोड ३९ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये रु एक करोड ८९ लाख खर्च भइसकेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । सङ्घीय शसर्त अनुदानबाट रु एक करोड ५९ लाख बजेटमा एक करोड ५२ लाख खर्च गरेको हो । पुनःस्थापना कार्यक्रमका लागि प्राप्त रु एक करोड आठ लाख बजेटमा रु एक करोड तीन लाख खर्च गरेर आयोजना सम्पन्न भएको जनाइएको छ ।

कार्यालयले सङ्घीय र प्रदेश गरी कूल रु १५ करोड छ लाख बजेटमा रु १४ करोड ८६ लाख खर्च गरी कूल ९८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । ३५ हजारभन्दा बढी घरधुरी रहेको पर्वतमा १७ हजार घरधुरीमा धारा जडान बाँकी छ । रासस