५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखको मिथेन ग्याँस उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरेका छौँः मन्त्री भण्डारी



अ+ अ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले यसबारेमा जानकारी गराउनुभएको हो ।

उहाँले ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको बताउनु भयो । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको बताउनु भयो । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पाकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको पनि जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको छ । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको छ । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पाकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको छ । जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरुमा काइनट तथा तुर्मालिन जस्ता महत्वपूर्ण पत्थर धातुहरु रहेको पत्ता लागेको छ । त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशिल रहेको कुरा जानकारी गराउँछु ।’

मन्त्री भण्डारीले जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरुमा काइनट तथा तुर्मालिन जस्ता महत्वपूर्ण पत्थर धातुहरु रहेको पत्ता लागेको र त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशिल रहेको जानकारी गराउनु भयो ।