२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छः डा. शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताउनु भयो । उहाँले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । सांसद कोईरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताउनु भयो । उहाँले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ । घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौँ । नियम, ऐन, कानून बनाउने मानिसहरु, सरकारमा बस्ने साथीहरु चुकेका छौँ । पत्रकार मित्रहरु पनि चुकेको म देख्छु । सार्वजनिक विद्यालयलाई प्रवद्र्धन गर्ने हिसावले अघि बढ्ने हो भने हामी सफल भइन्छ । अहिले राजनीतिक मात्रै सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । झरिरहेको छ । त्यसलाई उकास्ने जिम्मा स्कुलहरुले पनि लिनुपर्छ, राजनीतिज्ञहरु, कर्मचारीहरुले पनि लिनुपर्छ । सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौँ ।’

सांसद कोईरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने बताउनु भयो । शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकालै शिक्षामा पहिलो जोड दिनुपर्ने बताउनु भयो ।