१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायोः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताउनु भयो ।

राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताउनु भयो । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उहाँको भनाइ छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हुनतः मेरो सदस्यताको बारेमा प्रश्न छ । साथीहरु नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । नेकपा एमाले अहिले भयो, मैले नेकपा माले हुँदादेखि नै सदस्य भएको हो । २०३७ सालमा सदस्यता लिएको हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भन्यो । मैले गएर शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी गरेको छु । यो सबै इतिहासको पाना खुला छन् । मैले सार्वजनिक रुपमा भनेको छु, म आलोचना भन्दा बाहिर छैन । तर तथ्यका आधारमा हुनुपर्छ । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु । म गरिरहन्छु ।’

पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताउनु भयो ।