२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?



अ+ अ-

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको बताउनु भयो । नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको बताउनु भयो । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘कहिले कहीँ नेपाली काँग्रेसभित्रै बहस चलेको सुन्दछु म । उदेक लाग्दो छ । नेपाली काँग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ । शेरबहादुर दाई कति पटक प्रधानमन्त्री हुने ? अब अरु मलाई दिनुपर्दछ । यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र ? विश्वासको कुरा हो । पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ । यति कुरा त लोकतन्त्रमा बुझ्नुप¥यो नि । यो आलोपालोको कुरा हो र ? आदरणीय देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, कति प्रधानमन्त्री हुनुभयो भन्दा एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन । एक कार्यकाल भनेको त पाँच वर्ष होला नि । नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्ने ? राजनीति अस्थिर रहने, त्यसपछि हामी कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने यो उचित तरिका हुनसक्दछ ? त्यस अर्थमा नेपालको राजनीतिमा जे समस्या छ, त्यसमा प्रवेश गरेर समाधान खोज्न सक्नुपर्दछ ।’

महासचिव पोखरेलले ध्रुवीकरण जरुरी छ भन्नेकुराको अर्थ साना दलहरुको अस्तित्व नामेट गर्न खोज्यो भन्ने नहुने बताउनु भयो । नेपालको चुनौति राजनीतिक अस्थिरता भएको बताउनु भयो । नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने बताउनु भयो ।