२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक



अ+ अ-

काठमाडौं । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा काँग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताउनु भयो । लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरुको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले एकता कुनै अमूर्त विषय नभएको बताउनु भयो । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने बताउनु भयो । उहाँले मतान्तरहरुमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । पार्टी भन्दा बाहिर प्रतिष्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामीले लोकतन्त्र,राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ । पिल्लरका रुपमा होस्, की वालका रुपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ । त्यसकारण आज जुन व्यवस्था यो लोकतन्त्रमा हामी छौँ । यो लोकतन्त्रको प्राप्ति प्रजातन्त्रका सेनानी, लोकतन्त्रका सेनानीहरुबाट प्राप्त भएको हो । लोकतन्त्रको जगलाई, आधारलाई स्मरण गर्नुपर्छ । यो हजारोँ सपुतको जगका कारण नै निर्माण भएको हो । लोकतन्त्रका लागि लढेका प्रजातन्त्रका सेनानीहरुलाई स्मरण गर्ने, उहाँहरुका विचारलाई फैल्याउने काम पुनित कार्य हो । नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसमा पनि समस्या हुँदैन र काँग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो ।’

गृहमन्त्री लेखकले काँग्रेसका नेताहरु आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताउनु भयो ।