५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले खाली कागजमा हस्ताक्षर संकलन गरिएको छ, आवश्यकता अनुसार प्रयोग हुन्छः योगेश भट्टराई



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीका सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेको जनाएका छन् ।

संसदीय राजनीतिमा खाली कागजमा हस्ताक्षर गर्ने पुरानै चलन भएको बताउँदै उनले आवश्यकताअनुसार प्रयोग गरिने बताए ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने , ‘यो कुनै ठूलो कुरा होइन। यो अहिलेदेखि हैन, पहिले ४८ सालदेखि नै चलेको चलन हो । हाम्रो जस्तो संसदीय अभ्यास भएका मुलुकहरुमा जहाँ पनि चल्छ ।’

पार्टीले आकस्मिक राजनीतिक परिस्थितिका लागि आफ्ना सांसदहरूको हस्ताक्षर पहिले नै लिएर राख्ने गरेको बताउदै उनले भने, ‘कुनै बेला अपर्झट प्रस्तावहरु दर्ता गर्नुपर्ने हुन्छ। त्यतिबेला माननीयहरु कोही विदेश गएका हुन्छन्, कोही काठमाडौं बाहिर हुन्छन् ।  त्यस्तो बेलामा प्रयोग गर्न पूर्वतयारीका लागि हस्ताक्षर लिएर राखिन्छ ।’

यस्तै, कांग्रेस र एमालेले एकैपटक हस्ताक्षर संकलन अभियान चलाएको र उपसभामुख हटाउन लागेको चर्चाबारे भट्टराईले यसमा सल्लाहले हस्ताक्षर गरेको नभई संयोगले एकै दिन परेको बताएका छन् ।