२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखलाई हटाउन कांग्रेस र एमालेलाई थप १६ जना सांसद आवश्यक



फाइल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् ।

उपसभामुख रानालाई पदबाट हटाउन दुवै दलका सांसद्हरुले सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा हस्ताक्षर गरिरहेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० अन्सार सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग प्रस्ताव गर्न सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनका लागि भने सभाको सम्पूर्ण सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने व्यवस्था छ ।

सो को लागि कांग्रेस र एमालेलाई आवश्यक दुईतिहाइ मत जुटाउनु पर्ने हुन्छ । हाल प्रतिनिधिसभामा २७४ जना सांसद रहेका छ । यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने यसको दुईतिहाइ १८३ जना सांसद आवश्यक पर्छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ गरि १६७ सांसद रहेका छन् । दुईतिहाइ पुर्याउन कांग्रेस र एमालेलाई थप १६ जना सांसद अपुग हुन्छ ।

कांग्रेस र एमालेबाहेक सत्तापक्षमै रहेका जनता समाजवादी पार्टी (जसपा) का ७, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद रहेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् भने जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसमा उनले आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेको छ ।




भर्खरै