१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखलाई हटाउन कांग्रेस र एमालेलाई थप १६ जना सांसद आवश्यक



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् ।

उपसभामुख रानालाई पदबाट हटाउन दुवै दलका सांसद्हरुले सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा हस्ताक्षर गरिरहेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० अन्सार सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग प्रस्ताव गर्न सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनका लागि भने सभाको सम्पूर्ण सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने व्यवस्था छ ।

सो को लागि कांग्रेस र एमालेलाई आवश्यक दुईतिहाइ मत जुटाउनु पर्ने हुन्छ । हाल प्रतिनिधिसभामा २७४ जना सांसद रहेका छ । यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने यसको दुईतिहाइ १८३ जना सांसद आवश्यक पर्छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ गरि १६७ सांसद रहेका छन् । दुईतिहाइ पुर्याउन कांग्रेस र एमालेलाई थप १६ जना सांसद अपुग हुन्छ ।

कांग्रेस र एमालेबाहेक सत्तापक्षमै रहेका जनता समाजवादी पार्टी (जसपा) का ७, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद रहेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् भने जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसमा उनले आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेको छ ।